२३ असार २०८३, मंगलवार
,
Latest
दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा गुरुङ सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री डा तिमिल्सिना संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा बालाजु र पाटन औद्योगिक क्षेत्रको संसदीय अनुगमनः जीर्ण पूर्वाधार र नीतिगत सुधारमा जोड ‘अधिकार प्रयोगको सम्बन्धमा महिला आयोग ‘निरीह’ बन्नुहुँदैन’ स्थानीय सरकार गैरदलीय हुनुपर्छः महिला आयोग काँग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरुले भने–एकता वा नयाँ पार्टी निर्माण गर्ने भन्नेमा अब ढिला नगरौँ चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलहरुले निर्मम समीक्षा गर्नुपर्छः उपसभापति खड्का



अ+ अ-

कर्णाली। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अब राजनीतिक दलहरुले निर्मम समीक्षा गर्नुपर्ने बताउनुभएको छ ।

जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त नेपाली कांग्रेस सुर्खेतको पार्टी कार्यालय निरीक्षणपश्चात् आज पत्रकारहरुसँग कुरा गर्दै उपसभापति खड्काले मुलुकमा उत्पन्न परिस्थिति र त्यसले उब्जाएको सङ्कटका विषयमा दलहरुले निर्मम समीक्षा गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “सरकारले छानबिन आयोग गठन गरिसकेकाले सबै कुरा अहिले बोल्दा हतार हुन्छ । दोषीहरुलाई कारबाही गराउनतर्फ सरकार लाग्नु पर्दछ ।”

चुनावको मिति घोषणा भइसकेकाले सरकारले चुनावको वातावरण बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । रासस