११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

अन्तर्राष्ट्रिय बन्यो गोल्डेन ट्रयाङ्गल बाइक टूर, बंगलादेश र भारतबाट राइडर आउँदै

अन्तर्राष्ट्रिय बन्यो गोल्डेन ट्रयाङ्गल बाइक टूर, बंगलादेश र भारतबाट राइडर आउँदै
अ अ+ अ-

काठमाडौँ। अन्तर्राष्ट्रिय पर्यटन दिवसका अवसरमा गरिने गोल्डेन ट्रयाङ्गल बाइक टूर यस वर्षदेखि अन्तर्राष्ट्रिस्तरको हुने भएको छ । टूरमा सहभागी हुन पहिलोपटक बंगलादेश र भारतबाट राइडरहरु काठमाडौँ आउँदैछन् ।

नेपालमा पछिल्लो राजनीतिक आन्दोलन र परिवर्तनका कारण २७ सेप्टेम्बरमा तय गरिएको गोल्डेन ट्रयाङ्गल बाइक टूर एक हप्ता पर सारेर अक्टुबर ५ देखि सुरु गर्ने भएपछि बंगलादेश र भारतका राइडर आउने भएका हुन् ।

एनटीपी मल्टिमिडिया ग्रुपले स्थापना तथा आयोजना गरेको गोल्डेन ट्रयाङ्गल बाइक टूरमा यसपटक बंगलादेश र भारतबाट आउने राइडरसँगै सञ्चालन हुने भएपछि यसले अन्तर्राष्ट्रियस्तरको मोटरबाइक टूरिङमार्फत नेपालको प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ ।

एनटीपी मल्टिमिडिया ग्रुप र एक्सपल्स राइडर्स नेपाल, क्लबद्धारा संयुक्त रुपमा आयोजना हुँदै आएको गोल्डेन ट्रयाङ्गल बाइक टूर यसपटक काठमाडौँ, पोखरा र चितवनसँगै मुस्ताङ र मनाङ पनि पुग्नेछ । एक्सपल्स राइडर्स नेपाल, क्लबका अध्यक्ष कुन्दन श्रेष्ठको विशेष पहलमा बंगलादेशबाट आउन लागेका आठ जना राइडर ५ अक्टुबरमा काठमाडौँ आउनेछन् । सोही समयमा भारतबाट पनि केही राइडर आह्वान गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

‘जेन–जी आन्दोलनले ल्याएको राजनीतिक परिवर्तनका कारण हामीले यसपटक अन्तर्राष्ट्रिय पर्यटन दिवसकै दिन यो टूर सञ्चालन गर्न केही प्राविधिक जटिलता देखेपछि टूर कार्यक्रम एक हप्ता पर सारेको हौँ’ उनले भने ‘कार्यक्रम एक हप्ता पर सारेपछि बंगलादेशबाट पनि राइडर साथीहरु आउने कुरा भएको हो । बंगलादेशसँगै हामीले भारतबाट पनि राइडर साथीहरुलाई बोलाएका छौँ । केही साथीहरुले आउने तयारी पनि गर्नु भएको छ । उहाँहरु आउने भएपछि यसपटकदेखि हामी गोल्डेन ट्रयाङ्गल बाइक टूर अन्तर्राष्ट्रियस्तरको गर्न सक्षम भएका छौँ ।’

भारत र बंगलादेशका राइडर आउने भएपछि यसपटक गोल्डेन ट्रयाङ्गल बाइक टूरको नारा नै ‘सी टू हिमालय’ अर्थात समुन्द्रदेखि हिमालयको देश नेपालसम्मको यात्रा तय गरिएको छ । प्राय धेरैजसो विदेशी राइडर ‘सी टू हिमालय’ नारा तय गर्दै मोटरबाइकमै नेपाल घुम्न आउने गरेका पनि अध्यक्ष श्रेष्ठले बताए ।

‘संसारका धेरै विकसित देशहरु समुन्द्र आसपासमा छन् । उनीहरुलाई हिमाल भएका देशहरु घुम्न र पुग्न धेरै ठूलो सपना हुन्छ । त्यही सपनाको देश नेपाल हो’ उनले समुन्द्रदेखि हिमालयसम्मको टूर कार्यक्रमबारे थप अगाडि भने, ‘खासगरी युरोप र दक्षिण एसियाका देशहरु मोटरबाइकमा नेपाल आउँदा समुन्द्रदेखि हिमालयसम्मको यात्रा भन्दै काठमाडौँ आइपुग्ने गरेका छन् । काठमाडौँबाट पोखरा, मुस्ताङदेखि कोही राइडर विश्वको सर्वोच्च हिमाल सगरमाथा देखिने ठाउँसम्म पुग्ने गरेका छन् । यो टूर उनीहरुको स्वागत, सत्कार र सम्मानका लागि पनि हो ।’

उनका अनुसार अहिलेम्म आठ जना बंगलादेशी राइडर काठमाडौँ आउने पक्का भएको छ । यस्तै चारदेखि पाँच जना राइडर भारतबाट आउने तयारी छ । झण्डै १७ दिनसम्म उनीहरुले नेपाल घुम्दा काठमाडौँ उपत्यकाका विश्व सम्पदा सूचिमा भएका पर्यटकीयस्थल, चितवन राष्ट्रिय निकुञ्ज, पोखरा हुँदै मुस्ताङको जोमसोम, मुक्तिनाथ मन्दिर, धुम्बा ताल, उपल्लो मुस्ताङ पनि घुम्ने कार्यक्रम छ ।

मुस्ताङबाट फर्केपछि यो टोली पोखराबाट लमजुङ हुँदै मनाङको तिलिचो ताल पुग्नेछ । सम्भवत विदेशी राइडर नेपालको पहिलो अफिसियल मोटर बाइक टूरमा एकैपटक काठमाडौँ, पोखरा, चितवन हुँदै मुस्ताङ र मनाङ पनि पुग्न लागेका हुन् । यी पाँच वटा स्वर्णिम गन्तव्यको यात्रा पूरा गरेपछि समय मिलेको खण्डमा यो राइडर टोली सगरमाथाको सुन्दर दृश्य देखिने सोलुखुम्बु जिल्ला पनि पुग्ने योजनामा छ ।

‘हामी विदेशी राइडरलाई नेपालका स्वर्णिम र विश्वस्तरीय गन्तव्य घुमाउने प्रयासमा छौँ’ उनले भने, ‘सम्भवतः एकैपटक काठमाडौँ, पोखरा, चितवन, मुस्ताङ र मनाङ घुम्नु त्यो पनि मोटरबाइकमा अनौठो हो । त्यही अनौठो अनुभव दिने प्रयास हाम्रो रहनेछ । समय मिल्यो भने उनीहरुको सगरमाथाको चुचुरो हेर्ने सपना पूरा गर्न सोलुखुम्बु पनि पुग्ने योजनामा छौँ ।’

दुई पाङ्ग्रे मोटरसाइकलमार्फत नेपालका पर्यटकीय गन्तव्यको भ्रमण गर्ने युवाहरुलाई प्रोत्साहन तथा उत्कृष्ट पर्यटकीय गन्तव्यहरुको प्रवर्द्धन गर्ने लक्ष्य र उद्धेश्यका साथ नेपाल पर्यटन बोर्डको समन्वयमा एनटीपी मल्टिमिडिया ग्रुपले ‘गोल्डेन ट्रयाङ्गल इन्टरनेश्ननल बाइक टूर’ कार्यक्रमको स्थापना गरेको हो । यसपटक बंगलादेश र भारतका राइडर आउने भएपछि उत्साह थपिएको एनटीपी मल्टिमिडिया ग्रुपका अध्यक्ष तथा टूरका संस्थापक विष्णु विवेकले बताए ।

‘नेपालका पर्यटकीय गन्तव्यहरुमा बाइक लिएर घुम्दै एक्सप्लोर गरिरहेको एक्सपल्स राइडर्स नेपाल, क्लबसँग साझेदारी गरेर हामीले एक सय वटा बाइक तथा राइडरसहित यो टूर आयोजना गरेका थियौँ’ आयोजक एनटीपी मल्टिमिडिया ग्रुपका अध्यक्ष तथा टूरका संस्थापक विष्णु विवेकले अमेरिकाबाट भने, ‘यसपटक भारत र बंगलादेशबाट राइडर आउने भएपछि टूरलाई अन्तर्राष्ट्रियकरण गरिएको छ । यसले नेपालको पर्यटन प्रवर्द्धनमा मोटरबाइक टूरिङको इतिहास र योगदानलाई नयाँ उचाई दिनेछ ।’

टूरमा सहभागी हुने चाहने राइडरले सेप्टेम्बर अन्तिमसम्म टूर संयोजक कुन्दन श्रेष्ठ (९८५१००४२४८)सँग सम्पर्क गर्न सक्नेछन् ।