२३ असार २०८३, मंगलवार
,
Latest
कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढ्योः संयुक्त राष्ट्रसङ्घ दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा गुरुङ सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री डा तिमिल्सिना संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा बालाजु र पाटन औद्योगिक क्षेत्रको संसदीय अनुगमनः जीर्ण पूर्वाधार र नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंको सीडीओमा ईश्वरराज पौडेल



अ+ अ-

काठमाडौं। गृह मन्त्रालयले काठमाडौं जिल्ला प्रशासन कार्यालयको नेतृत्व परिवर्तन गर्दै सहसचिव ईश्वरराज पौडेललाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले पौडेललाई काठमाडौंको नयाँ सीडीओका रूपमा नियुक्त गरिएको जानकारी दिएका छन्। पौडेल यसअघि ३३ किलो सुन प्रकरणको छानबिन समितिमा रहेर काम गरिसकेका छन्।

यसअघि काठमाडौं प्रशासनमा कार्यरत सीडीओ छविलाल रिजाललाई गृह मन्त्रालय फिर्ता बोलाइएको छ। भदौ २३ गतेको जेन–जी विद्रोहमा अत्यधिक बल प्रयोग गरेको भन्दै आलोचनामा आएका रिजाललाई मन्त्रालयले फिर्ता बोलाएको हो।