२३ असार २०८३, मंगलवार
,
Latest
कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढ्योः संयुक्त राष्ट्रसङ्घ दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा गुरुङ सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री डा तिमिल्सिना संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा बालाजु र पाटन औद्योगिक क्षेत्रको संसदीय अनुगमनः जीर्ण पूर्वाधार र नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई वटा आधारभूत स्वास्थ्य केन्द्र स्थापना



अ+ अ-

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र चित्रेमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना भएको छ ।

अन्नपूर्ण गाउँपालिकाले वडास्तरको स्वास्थ्य संस्थामा पुगेर सेवा लिन अपायकपर्ने टोलका बासिन्दालाई लक्षित गरेर केन्द्र स्थापना गरेको हो । पोखरेबगर गाउँपालिकाको केन्द्र हो भने चित्रे अन्नपूर्ण चक्रीय पदमार्गमा पर्छ ।

पोखरेबगरमा स्वास्थ्य केन्द्रको साथै आयुर्वेद सेवा केन्द्र पनि सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । उहाँका अनुसार चित्रेमा स्वास्थ्य सहायक र पोखरेबगरमा अनमीलाई खटाएर आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन थालिएको छ ।

चित्रेमा सामुदायिक भवनमा केन्द्र सञ्चालन भएको छ । पोखरेबगरमा गाउँपालिकाले कार्यालय सञ्चालन प्रयोजनका लागि भाडामा लिएको भवनको एउटा सटरमा स्वास्थ्य र आयुर्वेद सेवा केन्द्र सञ्चालन गरिएको छ ।

अन्नपूर्ण गाउँपालिका–६ को वडास्तरको स्वास्थ्य चौकी घार गाउँमा छ। आठ वटा वडा रहेको अन्नपूर्ण गाउँपालिकामा आठ वटा स्वास्थ्य चौकी, छ वटा सामुदायिक स्वास्थ्य इकाइ र दानामा आयुर्वेद स्वास्थ्य केन्द्र छ ।