११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

कीर्तिपुरको झाडी फाँडेर बगैँचा बनाउन त्रिवि सकारात्मक

कीर्तिपुरको झाडी फाँडेर बगैँचा बनाउन त्रिवि सकारात्मक
अ अ+ अ-

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको हाताभित्र रहेको झाडी फाँडेर सुन्दर बगैँचासहित आकर्षक फुटपाथ बनाउन दिनुभएको निर्देशनलाई विश्वविद्यालयको नेतृत्वले सकारात्मक रूपमा लिएको छ ।

मन्त्री पुनले विश्वविद्यालयको हाताभित्रको उक्त झाडीका ठूला रुख संरक्षण गरी सफा र सुन्दर बगैँचासहित फुटपाथ बनाएर विश्वविद्यालयलाई आकर्षक बनाउन असोज ७ गतेको मन्त्रालयस्तरीय ब्रिफिङमा निर्देशन दिनुभएको थियो ।

त्रिविका उपकुलपति प्राडा दीपक अर्यालले रासससँग कुरा गर्दै शिक्षामन्त्री एवं सहकुलपति पुनको निर्देशन सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो । “करिब ५० रोपनीे क्षेत्रफलको झाडीमा चितुवासमेत लुकेर बस्ने हुँदा स्थानीयवासीलाई असुरक्षा हुने स्थिति आएको छ । यस्तो अवस्थामा मन्धीको निर्देशनले हामीलाई काम गर्न सहज हुनेछ”, उहाँले भन्नुभयो ।

हालसम्म लिखित जानकारी नआएको बताउँदै उपकुलपति डा अर्यालले सञ्चारमाध्यमबाट जानकारी प्राप्त भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “उक्त निर्देशनको कार्यान्वयनका लागि आवश्यक स्रोत व्यवस्थापन पनि सरकार वा अन्य निकायबाट हुने विश्वास लिएका छौँ ।”

कीर्तिपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष राज्यलक्ष्मी शाक्यले विश्वविद्यालय हाताभित्रको झाडीलाई फाँडेर उपयोगमा ल्याउने शिक्षामन्त्री पुनको निर्देशन सकारात्मक रहेको बताउनुभयो । सो स्थानमा बगैँचाका साथै अर्गानिक खेती गरी युवालाई स्वरोजगार र कृषि पर्यटनमा लगाउनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले यसबारे आफूहरूले त्रिविको नेतृत्वलाई जानकारी गराइएको भन्दै शिक्षामन्त्रीलाई सोबारे आग्रह गर्ने बताउनुभयो ।

मन्त्री पुनले कतिपय विश्वविद्यालयहरूले परीक्षा लिएर परीक्षाफल निकाल्न आठ महिनादेखि एक वर्षसम्म लगाउने गरेका बताउँदै उक्ता परम्परामा सुधार ल्याउन पनि निर्देशन दिनुभएको थियो । तीन महिनाभित्र परीक्षाफल ननिकाल्ने विश्वविद्यालयको अनुदान रोक्का गर्ने मन्त्री पुनको निर्देशन छ ।

यसैबीच विश्वविद्यालयका पदाधिकारीले हालै अन्तरिम सरकारका प्रधानमन्त्री एवं त्रिविका कुलपति सुशीला कार्कीलाई भेटेर कामकारबाहीबारे जानकारी गराउनुभएको छ ।

जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त भएको कीर्तिपुरस्थित प्रहरी वृत्तलाई त्रिविले आफ्नो तर्फबाट केही थान कम्प्युटर, प्रिन्टर, फर्निचरलगायत सामग्री सहयोग गरेको छ । त्रिविबाट हुनसक्ने सहयोगका लागि कीर्तिपुर नगरपालिकाले पनि आग्रह गरेको छ । प्रदर्शनका क्रममा नगरपालिकाको भवनमा पनि क्षति पुगेको थियो । रासस