११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

भक्तपुरमा दसैँका लागि च्याङ्ग्रा ल्याइयो

भक्तपुरमा दसैँका लागि च्याङ्ग्रा ल्याइयो
eQmk'/, * c;f]h M bz}Fsf] nflu d':tfª x'b}F NofOPsf] Rofªu|f eQmk'/sf] ;Nnf3f/Ll:yt (( /f]kgL rf}/df laqmLsf nflu /flvb} . Jofkf/Ln] o;jif{ k|ltlsnf] lhpF;f] Rofªu|f ?= Ps xhf/ @%) b]lv ?= Ps xhf/ #)) d"No sfod ul/ Jofkf/Ln] laqmL u/]sf 5g\ . tl:j/ M /d]z lu/L, /f;;
अ अ+ अ-

भक्तपुर। दसैँका लागि मुस्ताङ हुँदै भक्तपुरमा च्याङ्ग्रा ल्याइएको छ । सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी चौरमा ती च्याङ्ग्रा राखिएको हो । गत वर्षको तुलनामा यस वर्ष च्याङ्ग्रा मूल्य पनि बढेको छ ।

भक्तपुरका साथै काठमाडौंँ, ललितपुर, काभ्रलगायत क्षेत्रका बासिन्दा च्याङ्ग्रा लिन भक्तपुर आउन थालेका छन् । व्यापारीले प्रतिकिलो जिउँदो च्याङ्ग्रा रु एक हजार ३०० सम्ममा बिक्री गरिरहेका छन् । गतवर्ष जिउँदो च्याङ्ग्रा प्रतिकिलो रु एक हजार ५० मा बिक्री भएको थियो ।

रामेछापका च्याङ्ग्रा व्यापारी हिमलाल श्रेष्ठले गतवर्ष भन्दा यसवर्ष मुस्ताङको घारमा महँगोमा किन्नु परेकाले यहाँ पनि मूल्य बढेको बताउनुभयो । सल्लाघारी चौरमा च्याङ्ग्रा बिक्री गर्दै उहाँले भन्नुभयो, “चीनबाट मुस्ताङसम्म ल्याइएका च्याङ्ग्रा नेपाली व्यापारीले मुस्ताङबाट खरिद गर्दा प्रतिगोटा रु ४० देखि ४५ हजारसम्म तिुर्न परेकाले यसवर्ष महँगो भएको हो ।”

च्याङ्ग्रा ल्याउँदा मासु जोखेर नभई सानो र ठूलो मिलाएर गोटा गन्तीबाट खरिद गर्नुपर्ने बताउँदै श्रेष्ठले सानो र ठूलोको एउटै मूल्य तिरेर ल्याउनु पर्ने र यहाँ किलोमा बिक्री गगर्नु परेकाले उपभोक्तालाई महँगो पर्ने गरेको उल्लेख गर्नुभयो ।

व्यापारी रमेश खड्काले पनि च्याङ्ग्रा प्रतिकिलो रु एक हजार ३५० सम्ममा बिक्री गरिरहेको जनाउँदै मुस्ताङमा बढी मूल्य दिरेर खरिद गरिएकाले यसवर्ष महँगोमा बिक्री गर्नुपरेको बताउनुभयो ।

च्याङ्ग्रा ल्याउँदा यसवर्ष विभिन्न ठाउँमा करिब रु ३० हजार कर तिरेको जनाउँदै खड्काले सल्लाघारीमा ठाउँ लिएबापत भक्तपुर नगरपालिकालाई प्रतिव्यापारीले रु २५ हजार कर तिर्नुपरेको बताउनुभयो ।रासस