५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यान्टिनबाटै राजस्व सङ्कलन सुरु



अ+ अ-

बागमती। जेनजी प्रदर्शनका क्रममा आगजनीबाट कार्यालय भवन जलेपछि हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले क्यान्टीनमा टेबुल कुर्सी व्यवस्थापन गरी कार्यालय सञ्चालन गरेको छ ।

क्यान्टिनबाटै राजस्व सङ्कलन सेवा सुरु गरिएको कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीले जानकारी दिनुभयो । “कार्यालय क्षतिग्रस्त भएर कामै नलाग्ने भएपछि कहीँबाट भएपनि सेवा त सुरु गर्नुपर्यो”, प्रमुख सुवेदीले भन्नुभयो, “त्यसैले क्यान्टिनसफा गरेर राजस्व सङ्कलन सुरु गरेका छौँ ।”

अन्य सेवा कसरी सञ्चालन गर्ने भवनको खोजी गरिरहेको उहाँको भनाइ छ । प्रदर्शनका क्रममा भदौ २४ गते कार्यालयमा रहेको दुई वटा गाडी, दुई वटा मोटरसाइकल, करिब १५ करोड स्टिकर, कम्प्युटर, प्रिन्टर, डिजिटल डिस्प्ले, कुर्सी, दराज, टेबललगायतका सम्पूर्ण सामान जलेको प्रमुख सुवेदीले बताउनुभयो ।

क्षति विवरण सङ्कलन भइरहेकाले कति मूल्य बराबरको क्षति भएको यकिन भइ सकेको छैन ।रासस