११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

पृथ्वीराजमार्ग अबरुद्ध भएपछि गोरखा सडक व्यस्त

पृथ्वीराजमार्ग अबरुद्ध भएपछि गोरखा सडक व्यस्त
अ अ+ अ-

गोरखा। पृथ्वीराजमार्ग पहिरोका कारण अबरुद्ध भएपछि केही दिनदेखि आँबुखैरेनी गोरखा सडक व्यस्त भएको छ ।

जवाङ खोलामा खसेको सुक्खा पहिरोले राजमार्गको मुग्लिन मलेखु खण्ड अबरुद्ध भएपछि दमौली, पोखरा, बेँसिसहर, बागलुङदेखिका गाडी गोरखाको रुट भएर गन्तव्यतर्फ जान थालेका हुन् ।

कतिपय गाडी मध्यपहाडी लोकमार्ग  आँबुखैरेनीबाट गोरखा बजार, आरुघाट, धादिङबेँसी हुँदै मलेखु निस्कने गरेका छन् । गत शुक्रबार तुइनखोलामा खसेको पहिरोले मुग्लिन नारायणगढ सडकखण्ड अबरुद्ध भएदेखि पृथ्वीराजमार्ग भएर गुड्ने गाडी पनि गोरखा, आरुघाट, धादिङबेँसी हुँदै मलेखु निस्कन थालेका हुन् ।

“पृथ्वीराज मार्गमा समस्या भएको धेरै दिन भइसक्यो । त्यसैले हिजोआज पोखरा, बागलुङ, म्याग्दी, मुस्ताङ, लमजुङका गाडी मध्यपहाडी लोकमार्ग हुँदै मलेखु निस्कन थालेका छन्”, गोरखा दरौँदी यातायात प्रालिका अध्यक्ष दीपक बोहोरा भन्नुहुन्छ, “विशेषगरी माइक्रोबस, कार, जीप, भ्यान, बाइक चाहीँ आँबुखैरेनीबाट गोरखा बजार, आरुघाट, धादिङबेँसी हुँदै मलेखु निस्कन्छन् ।”

दैनिक सयौँको सङ्ख्यामा सवारीसाधन मध्यपहाडी राजमार्ग तथा गोरखा बजार हुँदै आवतजावत गर्ने गरेको उहाँले बताउनुभयो । गोरखा, आरुघाट हुँदै घुमेर मलेखु झर्दा दुईघण्टा समय थप लागे पनि यात्रुहरू गन्तव्यमा पुग्न सम्भव भएको उहाँले जानकारी दिनुभयो ।

ग्रामीण सडकबाट सदरमुकाम आउने गाडीले भरिभराउ हुने गोरखा बजार अहिले लमजुङ, तनहूँ, पोखरादेखि आएका गाडीले थप व्यस्त हुन थालेका स्थानीय बताउँछन् । “यतिबेला यसै पनि दसैंका कारण बजारमा गाडीको चाप धेरै हुन्छ । झन् बाहिर जिल्लाबाटसमेत गाडी आउन थालेपछि भीडभाड बढेको छ”, हरमटारीचोकका व्यापारी भरत भट्ट भन्नुहुन्छ, “पोखरा, बेँसीसहर, दमौलीबाट आएका गाडी गोरखा बजारहुँदै हिँडेको देख्दा अनौठो पनि लागिरहेको छ ।”

मुग्लिन नारायणगढको तुइनखोलामा पहिरो झरेपछि गत शुक्रबारदेखि सो सडकमा सवारी गुड्न अवरोध भइरहेको छ । त्यस्तै सोमबार राति जवाङखोलामा झरेको सुक्खा पहिरोले मुग्लिन मलेखु सडकखण्डमा आज बिहानैदेखि सवारीसाधन चल्न सकेका छैनन् ।रासस