८ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन क्षेत्र सुधार्न ‘रिकभरी प्लान’ आवश्यकः टान अध्यक्ष पाण्डे



अ+ अ-

काठमाडौँ । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले निजी क्षेत्र पनि सच्चिनुपर्ने अवस्था आएको बताउनुभएको छ ।

केही दिन अगाडि भएको जेन—जी आन्दोलन निजी क्षेत्र लक्षित समेत भएको बताउँदै यो क्षेत्रमा समेत सुधार गर्नुपर्ने अवस्था आएको बताउनुभएको हो । जेन—जी आन्दोलनका कारण शिथिल बनेको पर्यटन क्षेत्रको रिकभरीका लागि सबैभन्दा पहिला पर्यटकीय गतिविधि बढाउनुपर्नेमा जोड दिँदै उहाँले सरकारले समेत यो क्षेत्रमा ‘रिकभरी प्लान’ बनाएर अघि बढ्नुपर्ने बताउनु भयो  । नाफिजले आयोजना गरेको अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो विषयक कार्यक्रममा बोल्दै उहाँले अहिलेको अवस्थामा तीन महिनाका लागि पर्यटकहरुका लागि भिसा फ्रि गर्नुपर्नेमा जोड दिनुभयो ।

जेन—जी आन्दोलनका क्रममा क्षति पुगेका संरचनाको पीडा एक खालको भएपनि त्यो भन्दा बढी क्षति नभएमको संरचनाहरु समेत पीडामा रहेको बताउनु भयो । राज्यका संयन्त्रहरुले प्रभावकारी ढंगबाट काम गर्न नसक्दा आर्थिक गतिविधि समेत राम्रोसँग अघि बढ्न नसकेको उहँको भनाई छ । राज्यका संयन्त्रमा जवाफदेहीता, उत्तरदायित्व नभएकै कारण समस्या आइरहेको बताउँदै राज्य जवाफदेही नहुँदासम्म सुधार हुन नसक्ने दाबी गर्नुभयो । सरकारी संयन्त्रहरुमा रहेको भ्रष्टाचार अहिले निजी क्षेत्रमा समेत व्याप्त भइरहेको उहाँले बताउनु भयो । जेन—जी आन्दोलनको माग नै भ्रष्टाचारको अन्त्य भएको बताउँदै त्यसको अन्त्यका लागि आर्थिक कारोबारमा पारदर्शीता हुनुपर्ने बताउँदै उहाँले भ्रष्टाचार निकै व्याप्त भएको बताउनु भयो ।

अध्यक्ष पाण्डेले भन्नुभयो –‘करप्सनका विरुद्धमा भएको जेनजी आन्दोलनमा नीजि क्षेत्रको नेक्सस कति छ ? समाजले यो माग गरिरहेको छ । हाम्रो ठाउँबाट पनि सच्चिनु जरुरी छ । आन्दोलनको प्याटर्न हेर्दा त्यो आभास पाउछौं । नेपालमा जब भएन भन्छौं, क्वालिटी जब भएन । बीएचएम गरेको भाई बहिनीलाई १७ हजारमा काममा लगाइरहेका हुन्छौं । यस्तो अवस्थामा युवाहरु नेपालमा बस्न सक्दैन ।’

उहाँकाअनुसार अहिलेका बच्चाहरु कुनै सरकारी कार्यालयमा गएर काम गर्नसक्ने अवस्था छैन । बहुदल आएपछि नेपालको पर्यटन क्षेत्र कुपोषण लागेको बच्चा जस्तै भएको उनको भनाई छ । नेपालमा पर्यटन क्षेत्रमा वृद्धि भइरहेको तथ्यांक आउने गरेकोप्रति असहमति जनाउँदै निकै सुस्त गतिमा बढिरहेको बताउनु भयो । सन् १९९८ मा ४ लाख ६३ हजार पर्यटक आएको नेपालमा अहिले ११ लाख ५० हजार मात्रै आएको उहाँको भनाइ छ । उक्त तथ्यांकका आधारमा प्रत्येक वर्ष २५ हजारले मात्रै बृद्धि भइरहेको र नेपालभन्दा कम पर्यटकीय सम्भावना भएका देशहरुमा समेत नेपालको तुलानामा निकै बढी पर्यटक आउने गरेको उहाँले बताउनु भयो ।