३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली

लकडाउनको मोडेल फेर्ने कि ? डा. रवीन्द्र पाण्डे

लकडाउनको मोडेल फेर्ने कि ? डा. रवीन्द्र पाण्डे
अ+ अ-

सरकारले कार्यान्वयन गरेको लकडाउनको कारण नेपालमा कोरोना संक्रमण न्यून संख्यामा सिमित रहेको छ । लकडाउनलाई अझै परिणाममुखी बनाउनको लागि यसको मोडालिटी परिवर्तन गर्नु आबश्यक छ ।

– बिहान तथा बेलुका मान्छेको चहलपहल हुने, काम नपरे पनि घर बाहिर निस्किने तथा भित्री बस्तीमा भीडभाड हुने समय हो । तसर्थ दिउँसो १२-२ बजेसम्म स्थानीय पसल खोल्ने एबम बिहान र बेलुका कडा गर्दा लकडाउन बढी प्रभावकारी हुन्छ ।

– लकडाउन भनेको राज्यको निम्ति तयारी गर्ने ठूलो अवसर हो । यो समयमा अधिकभन्दा अधिक कोरोना परीक्षण गर्ने, शंकास्पद ठाउँ शिल गर्ने, सिमानामा स्थानीयवासीको सहयोग लिएर शंकास्पद ठाउँमा तारबार गर्ने, मेडिकल उपकरण तथा औषधिको आयात गरेर स्टक राख्ने, १ बर्ष पुगे खाध्य पदार्थ र औषधि स्टक राख्ने, हरेक नागरिकको डाटा राख्ने आदि अवसर हो । यसको पूर्ण सदुपयोग हुनु जरुरि छ ।

– छिमेकी देश भारतमा जुन/जुलाई महिना अर्थात् आषाढ र साउनमा कोरोना संक्रमण उच्च बिन्दुमा पुग्ने प्रक्षेपणको आधारमा तयारी भइरहेको देखिन्छ । तसर्थ बैशाख १५ गतेपछि १ महिना सेमी लकडाउन गर्नु उपयुक्त देखिन्छ । बैशाख १५ पछि हटस्पट शिल गर्ने, सुरक्षित ठाउँमा अत्याबश्यक सेवा चलाउने, मजदुर तथा निम्न आय समुदायलाई पुग्दो राहत दिने, कोरोना परिक्षण गरेर मजदुरलाई उद्योग तथा कारखानामा काम गर्न लगाउने (आबासिय ब्यबस्था सहित), स्कुल र क्याम्पस र रेस्टुरेन्ट र सार्वजनिक यातायात आदि नचलाउने, आन्तरिक उडान ठाउँ हेरेर तथा यात्रुलाई कोरोना संक्रमण जांच गरेर चलाउने, किसानलाई मल, बिउ लगायत उपलब्ध गराएर ‘उत्पादन अभियान’ चलाउने आदि गर्नु ब्यबहारिक हुन्छ । जुन बेला संक्रमण बढ्ने देखिन्छ, तुरुन्त पूर्ण लकडाउन गर्न सकिन्छ ।

– सिमाना पूर्ण शिल गर्ने तथा आन्तरिक नाका लक गरेर सिमित क्षेत्र संचालन गर्दा दैनिक काम गरेर खाने मान्छेलाई राहत मिल्नेछ, उद्योग सुचारु हुनेछन ।

– आगामी १/२ बर्षसम्म कोरोना संक्रमण केहि न केहि रुपमा विश्वमा रहिरहन्छ । खोपको ब्यापक प्रयोगपछि मात्र यो पूर्ण रुपमा नियन्त्रणमा आउँछ । तसर्थ त्यो बेलासम्म कोरोना संक्रमण नेगेटिभले काम गर्ने, पोजिटिभ आइसोलेसनमा बस्ने । जोखिम बर्ग होम क्वारेन्टाइनमा बस्ने, सामाजिक दुरी कायम गर्दै युवाबर्गले काम गर्ने जस्ता प्राक्टिस गर्नुपर्ने हुन्छ ।

– अहिले कोरोना संक्रमण सामान्य भएको समयमा समय, PPE/N ९५ मास्कर भाइजर र ग्लोभ्स आदि नाश नगर्ने । पछिको लागि जगेडा राख्ने । आइसीयुको क्षमता बढाउने, भेन्टिलेटरको संख्या अहिलेको १० गुणा बढाउने, आइसीयु तथा भेन्टिलेटर संचालन गर्ने तालिम दिलाउने, दात्रु राष्ट्रहरुबाट औषधि उपकरण तथा प्रबिधि प्रबन्ध गर्ने लगायत गर्न सकिन्छ ।

– कोरोना संक्रमणको मनोबैज्ञानिक असर कम गर्नको लागि परामर्श अभियान चलाउने । कोरोना संक्रमण लाग्दैमा मृत्यु हुन्छ भन्ने लगायतका भ्रम निवारण गर्ने, जनतालाई अधिकतम सुचित गराउने आदि गर्न सकिन्छ ।

– भ्रष्ट्राचारी, कमिसनखोर तथा कालोबजारीलाई आफ्नो र अर्को नभनि धमाधम कारबाही गर्ने । जसले गर्दा सरकारप्रति जनताको विश्वास बढ्दछ ।