१० श्रावण २०८३, आईतवार
,
Latest
प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित ‘कालोपत्रे सडक निर्माणसँगै फेरियो घ्याङलेखवासीको दैनिकी’ सरकारलाई कुलमान घिसिङकाे प्रश्नः उद्योगको अर्बौं बक्यौता असुलीमा किन मौन? नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमवार उद्घाटन गरिँदैः तत्कालका लागि आकस्मिक सवारीलाई मात्र अनुमति वेस्ट बैंकमा घातक आक्रमणपछि इजरायली सेनाद्वारा ‘वृहत’ सैन्य कारबाहीको तयारी इरान अमेरिकासँगको वार्तामा थप गम्भीर देखिएको छः राष्ट्रपति ट्रम्प पूर्वी इण्डोनेसियामा बेपत्ता स्पिडबोटमा सवार ११ युरोपेली पर्यटकको सकुशल उद्धार भारतको हिमाञ्चल प्रदेशमा गुडिरहेको सवारी साधनमा ढुङ्गा खस्दा १३ जनाको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य मन्त्रालयको सफाई अभियानमा जुटे सहकारी पीडितहरु



अ+ अ-

जेनजी प्रदर्शनकारीहरुले ध्वस्त बनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सफाई अभियानमा सहकारी पीडितहरु समेत सहभागी भएका छन् ।

शनिवार काठमाडौंको रामशाहपथस्थित सो मन्त्रालयमा उनीहरु सफाई अभियानमा जुटेका हुन् । सो मन्त्रालयको भवनबाट नै छिट्टै सेवाग्राहीको काम हुनसक्ने वातावरण निर्माणमा लागि आफूहरु पनि सफाई अभियानमा सहभागी भएको सहकारी पीडित कुशलभ केसीले जानकारी दिनुभयो । सहकारी वचतकर्ता राष्ट्रिय अभियान महासंघको आह्वानमा सहकारी पीडितहरु सफाई अभियानमा जुटेका हुन् । सरकारले आग्रह गरेपछि आफूहरु आफ्नो माग सम्बोधन हुने विश्वासका साथ सरकारलाई सहयोग पुग्नेगरी स्वयंसेवी काममा सहभागी भएको सहकारी पीडितहरुको भनाई छ ।

सहकारी पीडित केसीले भन्नुभयो,‘हामी सचेत नागरिक हौं । देश बनाउन हामी सक्षम छौं । र हामी स्वयं अहिले सकेको सहयोग गरेर सबैले सरसफाई गरेर श्रम गरेर सहयोग गर्छौं भनेर यहाँ आएका छौँ । आज हामी एक हजार जनाजति यहाँ सहभागी हुन्छौं । र आज यहाँ सबै सरसफाई गरेर काम गर्न हुने वातावरण बनाउने अभियानमा हामी सहभागी भएका छौं । हामीले सरकारसँग समन्वय गरेर यहाँ सफाई गर्न आएका हौ । हामी आन्दोलनमा थियौं । सरकारले सहयोग गर्नुस् भनेपछि यो अभियानमा सहभागी भएका हौ ।’

सहकारी पीडितहरुले  आफूहरुको वचत रकम फिर्ता दिन दबाबवस्वरुप आन्दोलन गर्दै आएका छन् ।