११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

उपलब्धि रक्षाका लागि एकताबद्ध हुन एकीकृत समाजवादीको आह्वान

उपलब्धि रक्षाका लागि एकताबद्ध हुन एकीकृत समाजवादीको आह्वान
अ अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले निर्धारित मितिमा निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचनको सुनिश्चित गर्न नेपाल सरकार, राजनीतिक दल र नागरिक समाजमा आह्वान गरेको छ ।

पार्टीको केन्द्रीय सचिवालयको १० औं  बैठकले विगतका कमजोरी सच्याउँदै राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र, जनताको हित तथा मुलुकको समृद्धिको पक्षमा अझ दृढतापूर्वक अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको उपाध्यक्ष एवं केन्द्रीय प्रचार विभागका प्रमुख प्रकाश ज्वालाले जानकारी दिनुभयो । बैठकले आ–आफ्ना कामको समीक्षा गरेर कमीकमजोरी सच्याउँदै अघि बढ्न सबै राजनीतिक दललाई आह्वानसमेत गरेको छ ।

मुलुकमा उत्पन्न विषम परिस्थितिमा वामपन्थी शक्ति गम्भीर हुनु जरुरी रहेको औँलयाउँदै एकीकृत समाजवादीले कम्युनिष्ट आन्दोलन तथा राष्ट्रिय स्वाधिनता र जनक्रान्तिका उपलब्धिको रक्षा गर्न सम्पूर्ण कम्युनिष्ट, वामपन्थी तथा समाजवादी शक्तिलाई एकताबद्ध भएर अघि बढ्न अपिल गरेको छ ।

बैठकले पार्टीको नीति, विचार, सिद्धान्त, कार्यक्रम र कार्यदिशासँग सहमत हुने वामपन्थी, कम्युनिष्ट तथा समाजवादी पार्टी र समूहसँग पार्टी एकता गर्न र अन्य पार्टी र समूहहरूसँग वर्तमान सन्दर्भमा सहकार्य गर्न पहलकदमी अघि बढाउने निर्णय गरेको उपाध्यक्ष ज्वालाले जानकारी दिनुभयो ।

“मुलुकको सार्वभौमिकता, संविधान तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न संविधान र लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्ति आपसमा सहकार्य गर्दै एकजुट भई अगाडि बढ्न एकीकृत समाजवादी आह्वान गर्दछ”, बैठकका निर्णय सार्वजनिक गर्न आज जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

एकीकृत समाजवादीले अधिकारसम्पन्न उच्चस्तरीय छानबिन आयोग गठन गरेर हालसम्म राजनीतिक तथा प्रशासनिकलगायत सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गरी भ्रष्टाचारीमाथि कडा काबाही गर्नसमेत माग गरेको छ ।

बैठकले जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली, परिवारजनमा समवेदनता र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । प्रदर्शनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमाथि भएको तोडफोड, लुटपाट र आगजनीप्रति दुःख व्यक्त गर्दै सो पार्टीले त्यस्ता कार्यको छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेको छ ।

एकीकृत समाजवादीले उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरेर आन्दोलनका क्रममा भएका मानवीय तथा भौतिक क्षतिको निष्पक्ष छानबिन गर्न सरकारको ध्यानाकर्षणसमेत गराएको छ । रासस