१६ भाद्र २०८३, मंगलवार
,
Latest
चीनबाट राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुग्यो त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त रास्वपा सभापति र चिनियाँ राजदुत विच भेट प्रधानमन्त्री राहत कोष छ अर्बभन्दा बढी सङ्कलन ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी होः प्रधानमन्त्री प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पर्वतबाट २१ लाख रकम सहयोग बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब निकासा भोटेकोशी बाढीः एक हजार ६८ शव फेला, चार हजार ६०६ सम्पर्कविहीन सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिन सरकार लजाउनु पर्दैनः काँग्रेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेनी–दरवाङ सडक दुई दिनपछि सञ्चालन



अ+ अ-

म्याग्दी। यहाँको तीनवटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक दुई दिनपछि आज साँझदेखि सञ्चालन भएको छ ।

बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्ने यो सडक म्याग्दीको पश्चिमी क्षेत्रको ‘लाइफ लाइन’ मानिन्छ । मङ्गला गाउँपालिका–२ लाम्पाटामा गत बुधबार राति खसेको पहिरो पन्छाएपछि सञ्चालन भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख बिष्णु पौडेलले डोजर परिचालन गरेर सडकमा थुप्रिएको पहिरो पन्छाएको बताउनुभयो । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाको जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने यो सडक अवरुद्ध हुँदा स्थानीयवासीलाई आवतजावत, ढुवानी र निकासीमा समस्या भएको थियो ।

पटकपटक सडक अवरुद्ध हुँदा निर्माणाधीन जलविद्युत्, प्रसारण लाइन, सबस्टेशन, सडक, भवनलगायत विकास आयोजना प्रभावित भएका छन् । रासस