२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेभित्र कुनैपनि किसिमको विग्रह हुन दिँदैनौँः वरिष्ठ उपाध्यक्ष पोखरेल



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेभित्र कुनैपनि किसिमको विग्रह नहुने दाबी गर्नुभएको छ ।

संविधान दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एमालेभित्र अब के हुन्छ ? भनेर शंका गर्नेहरुप्रति लक्षित गर्दै एमालेलाई कुनै पनि किसिमको विग्रह हुन नदिने बताउनु भयो । उहाँले भएका कमजोरीहरु सच्याएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले एमाले कसैले किस्तीमा राखेर दिएको पार्टी नभएको बताउँदै धुलो टक्टक्याएर पुनः उठ्ने बताउनु भयो ।  एमाले शान्त तलाउमा डुंगा चलाएर आएको, भुलुक्क उम्लिएको पार्टी नभएको बताउँदै समीक्षा गरेर अघि बढ्ने बताउनु भयो । पार्टीलाई नयाँ ढंगले निर्माण गरिछोड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, ‘म साथीहरुलाई संविधान दिवसको अवसरमा उपस्थित हुनुभएका मित्रहरुलाई के आग्रह गर्न चाहन्छु भने नेकपा एमालेले अहिले केही नोक्शानी सहनुपरेको छ । हामी धुलो टक्टक्याउँदै उठ्छौँ, उठिछोड्छौँ । पार्टीलाई नयाँ ढंगले निर्माण गरिछोड्छौँ । देशव्यापी रुपमा संविधान दिवस मनाइरहँदा नेकपा एमालेभित्र कहीँ कतै केही होला भन्ने शंका होला । एमालेभित्र कुनैपनि किसिमको विग्रह हुनेवाला छैन । हामी विग्रह हुन दिनेवाला छैनौँ । कमजोरीहरु सच्चिन्छन्, कमजोरी सच्याउँछौँ तर विग्रह हुन दिँदैनौँ । यसको लागि हामी समीक्षा गर्दछौँ । बितेका दिनमा हाम्रो यात्रा कस्तो रह्यो त्यसलाई फर्किएर हेर्छौं, सच्याउने अठोट र संकल्प गर्दछौँ । एमाले शान्त तलाउमा डुंगा चलाएर आएको पार्टी होइन, यो भुलुक्क उम्लिएको पार्टी होइन, यो कसैले किस्तिमा हालेर दिएको उपहार होइन । यो असंख्य हाम्रा अग्रज, शहीदहरुले लडाईं गरेर प्राप्त गरेको ऐतिहासिक उपलब्धि हो । यो पार्टीलाई हामी फेरि नयाँ ढंगले अघि बढाउँछौँ ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले सामाजिक एकता खल्बलिए राष्ट्रिय एकता कमजोर हुने बताउँदै यस्तो हुन दिन नहुने जिकिर गर्नुभयो । नेपाल बहुजाती, बहुभाषा, बहुधर्म र बहुसंस्कृति भएको देश भएकाले नेपालको एकतालाई कायम गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । सामाजिक सद्भाव खल्बल्याउन चाहने तत्वहरु बेला बेलामा देखापर्ने गरेको भन्दै एमालेले सामाजिक सद्भाव खल्बल्याउन चाहने जुनसुकै शक्तिलाई पनि पराजित गर्ने बताउनु भयो ।