१५ भाद्र २०८३, सोमबार
,
Latest
‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली रसुवा बाढीबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति रसुवा बाढी प्रकरणः ‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’ सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग झण्डै दुई महिनापछि मेची राजमार्गमा यातायात सेवा सञ्चालन भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ९४ शव प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम दाखिला सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन-जी आन्दोलनमा निर्वाचन आयोग अन्तर्गतका ६ वटा कार्यालयहरुमा तोडफोड र आगजनी



अ+ अ-

काठमाडौँ । जेन जी आन्दोलनका क्रममा निर्वाचन आयोग अन्तर्गतका ६ वटा कार्यालयहरुमा तोडफोड र आगजनी भएको छ ।

भदौ २३ रु २४ गते जेन जी पुस्ताले गरेको आन्दोलनमा यि घटनाहरु भएको निर्वाचन आयोगले जनाएको हो ।

निर्वाचन आयोगको सचिवालयको एउटा मोटरसाइकल, निर्वाचन कार्यालय इलामका कार्यालय तोडफोड र सामग्रीहरु जलाइएको निर्वाचन आयोगका सहसचिव राजेन्द्र केसीले बताउनु भयो । उहाँकाअनुसार प्रदेश निर्वाचन कार्यालय मोरङको कार्यालयमा तोडफोड र सामग्रीहरु चोरी भएको, जिल्ला निर्वाचन कार्यालय सप्तरीको कार्यालयमा आगजनी र सामान चोरी भएको साथै मोटरसाइकल जलाइएको छ ।

त्यस्तै जिल्ला निर्वाचन कार्यालय चितवनमा भवन तथा चारपाङ्ग्रे सवारी साधन आगजनी भइ पूर्ण रुपमा क्षति भएको छ । उहाँले प्रदेश निर्वाचन कार्यालय कास्कीमा चारपाङ्ग्रे सवारी साधन एउटामा आगजनी भइ पूर्ण क्षति भएको र अर्कोमा तोडफोड भएको, प्रदेश निर्वाचन कार्यालय दाङको भवनमा ढुंगामुढा गरी क्षति पु¥याइएको, मोटरसाइकल आगजनी भइ पूर्ण रुपमा क्षति भएको र जिल्ला निर्वाचन कार्यालय डडेलधुराको कार्यालय तोडफोड हुनुका साथै २ वटा मोटरसाइकल र कम्प्युटर, ल्यापटप जलेको बताउनु भयो ।

माघ १५ भित्रै राष्ट्रिय सभाका १९ सिटको निर्वाचन गर्न सिफारिस

निर्वाचन आयोगले रुपन्देही जिल्ला प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर ३ को कार्तिक १७ गते हुनेगरी तय गरिएको उपनिर्वाचन रद्ध गरेको छ । मनाङ जिल्ला प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र नम्बर २ को कार्तिक १७ गते हुनेगरी तोकिएको उपनिर्वाचन यथावत रहेको जनाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक तयारी शुरु गरिसकेको आयोगले जनाएको छ । निर्वाचनका लागि आवश्यक पर्ने कार्यविधि, निर्देशिका, मापदण्ड बनाउन र निर्वाचन सामग्री, बजेट र जनशक्ति व्यवस्थापनका योजना तर्जुमा गर्ने कार्य शुरु भएको बताएको छ ।

फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभा सदस्य १९ सिटको निर्वाचन कानून बमोजिम रिक्त हुनु भन्दा ३५ दिनअघि माघ १५ भित्र सम्पन्न गर्न आयोगको परामर्शमा सरकारले मिति तोक्नुपर्ने माग आयोगको छ ।