१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ? News Polar दशौं राष्ट्रिय खेलकुद सर्दैन, ढुक्क हुनुस् : मन्त्री पोखरेल News Polar कांग्रेस हल्लाले होइन, त्याग र संघर्षले स्थापित भएको हो : राई News Polar भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको लामो इतिहास छ : अध्यक्ष खड्गे News Polar राजनीतिलाई पद प्राप्त गर्ने माध्यम होइन, राष्ट्रप्रतिको जिम्मेवारीका रूपमा बुझ्नुपर्छ : भण्डारी News Polar विदेशी राजनीतिक दल र नेताबाट कांग्रेस महाधिवेशनलाई शुभकामना News Polar स्थानीय तहमै पुगेर युवालाई रोजगारीसँग जोड्दै सीप तथा रोजगार मेला News Polar दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न News Polar बेत्रावतीको बेलीब्रिज दसैँअघि सञ्चालनमा आउने News Polar घिमिरेको प्रश्न– ‘अन्तिम पंक्तिमा उभिएको नागरिकको जीवन बदल्न सक्यौँ त ?’ News Polar काँग्रेसको १५ औँ महाधिवेशन केवल पद बाँडफाँटका लागि होइन, आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छः उपसभापति भुसाल News Polar कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि लामिछाने News Polar दसैँ नजिकिएसँगै काठमाडाैँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल News Polar आदिवासी जनजाति क्लस्टरबाट केन्द्रीय सदस्यमा विजय सम्बाहाम्फेको उम्मेदवारी News Polar कांग्रेसको १५औँ महाधिवेशनमा खुलामञ्च भरिभराउ, शीर्ष नेताको उपस्थिति News Polar तनहुँमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन प्रचण्ड खुलामञ्च पुगे News Polar कांग्रेस सभापति थापाको राजनीतिक प्रतिवेदन : सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव News Polar ‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’

सबैको प्रश्न यही छ- किन बोल्दैनन् प्रचण्ड ?

सबैको प्रश्न यही छ- किन बोल्दैनन् प्रचण्ड ?
अ अ+ अ-


काठमाडौं । सत्तासीन नेकपाभित्रको पूर्वमाओवादी समूहका नेताहरु आज बिहानैदेखि प्रचण्ड निवास खुमलटारमा जम्मा भएका छन् । हिजो मन्त्रिपरिषदको बैठकपछि लगत्तै गृहमन्त्री बादल बाहेकका पूर्व माओवादी समूहका मन्त्रीहरु खुमलटार पुगेका थिए । उनीहरु त्यहाँ छँदै प्रधानमन्त्री केपी ओलीले सचिवालय बैठक डाकेपछि छुट्टिएका थिए । आज बिहानै बादलसहित बर्षमान पुनलगायतका सबै मन्त्रीहरु खुमलटार पुगेका थिए ।

उनीहरु खाना खाने समयमा त्यहाँबाट छुट्टिए पनि पुनः त्यहाँ पुगेका हुन् । खुमलटारमा पूर्व माओवादी नेताहरु पनि पुगेका छन् । अहिले रुकुम रहेका नेता जनार्दन शर्मालाई पनि प्रचण्डले हिजो नै फोन गरेर बोलाएका थिए । अरु काठमाडौँमा उपलब्ध नेताहरु प्रचण्ड निवासमा जम्मा भएका छन् । प्रचण्डसहितका पूर्व माओवादीहरु प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुलाई लक्षित गरेर राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएको निष्कर्ष निकालेका छन् । यसबाट निकै झस्किएका छन् उनीहरु । सोमबार र मंगलबार उनीहरुले विभिन्न चरणमा गरेको छलफलपछि यो निष्कर्षमा पुगेका हुन् । हिजो सचिवालय बैठकमा प्रधानमन्त्रीले जुनसुकै तर्क राखे पनि दल विभाजनसम्बन्धी विधेयकको मक्सद नै पूर्व माओवादीलक्षित रहेको उनीहरुको निष्कर्ष हो र त्यसमा सबै नेताहरु लगभग ‘कन्भिन्स’ नै भएका छन् । तर यो समाचार तयार पार्दासम्म पनि अबको विकल्प के हो र पूर्व माओवादी मोर्चा पार्टी भित्रै के कसरी अघि बढ्छ भन्ने बारेमा केही बताएको छैन । के गर्ने भन्ने निकास प्रचण्डले नै निकाल्न सकेका छैनन् ।

कतिपयले अध्यादेशलाई मधेशवादी दल विभाजन गरेर सरकार बलियो बनाउने ओलीको अस्त्रका रुपमा समेत अर्थ्याएका छन् । हिजोको सचिवालयको बैठकमा पनि ओलीको स्पष्टीकरण यसैमा थियो । तर, करिब दुई तिहाई मतको नजिकमा रहेको अवस्थामा यो सरकारलाई अर्को पार्टी विभाजन गरे मान्छे भित्र्याउनुपर्ने आवश्यकता कुनै छैन भन्ने कुरो सबैले बुझेकै छन् । त्यसैले यस्तो कच्चा खेलमा ओली लागेका छैनन् भन्ने पूर्वमाओवादीको बुझाइ छ जुन स्वाभाविक हो ।

किन बोल्दैनन् प्रचण्ड ?
प्रधानमन्त्री ओलीले सोमबारको मन्त्रिपरिषद् बैठकमा अचानक राजनीतिक दल फुटाउन सहज हुनेगरी अध्यादेश पास गराएलगत्तै सोमबार साँझ नेकपा सचिवालयको बैठक बोलाए । बैठक जारी रहेकै वेला उता राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश प्रमाणिकरण गरीसकेकी थिइन् । सचिवालय बैठकमा पनि हिजो अनौठाको एक संयोग कस्तो देखियो भने ओली निकटका नेताहरुले अध्यादेश नेकपालक्षित नरहेको बताइरहँदा पूर्वमाओवादीको तर्फबाट नारायणकाजी श्रेष्ठले मात्र यस विषयमा तर्क राख्दै थिए । तर लगभग पूर्व एमालेका तर्फबाट बोल्ने क्रम सकिनासाथै राष्टपतिबाट यो प्रमाणीकरण भएको खबर आइहाल्यो । पूर्व माओवादी समूहका नेताहरुले यसलाई आफूहरु लक्षित प्रधानमन्त्रीको वाणका रुपमा बुझेका त थिए तर सचिवायलमा बोल्न उनीहरुको बहुमत त के आवाजै थिएन । यस विषयमा रामबहादुर थापा बादलले पनि बोल्न मानिरहेका थिएनन् । दुई अध्यक्षले बोल्ने अन्तिममा पालो आउनुअगावै शीतल निवासको खबर कसैले बैठकमा सुनायो– राष्ट्रपतिबाट अध्यादेश जारी भयो । त्यसपछि प्रचण्डले यस विषयमा मुख उक्काउन पनि पाएनन् । तर उनको अनुहारले नै उनलाई अति असहज भएको कुरा बोलिरहेको थियो ।

यसबीचमा हिजोदेखि आजको २४ घन्टामा बागमतीमा धेरै पानी बगिसकेको छ । अनुमान र रक्षात्मक कोणका अनगिन्ती तर्कहरु बजारमा छरिएका छन् । र सबैको लगभग एकै स्वर छ कि अरु जेसुकै नाम र निउँ दिएपनि यो अध्यादेश ल्याएको नेकपामा प्रचण्डलाई बाटो खनिदिन नै हो । महामारीले घरभित्रै मान्छे थुनिरहेका बेला सरकारले अहिलेका लागि अति अनावश्यक यो हर्कत गरेको छ । अनि सबैका कानले प्रचण्डको मुख कुरेका छन् । तर प्रचण्ड बोल्दैनन् ।

यो रहस्य बजारमा मात्र होइन पार्टीभित्रैका लागि पनि रहस्यमय बनेको छ । हिजोको यो हुने हुनामीपछि बजारमा त उनी बोलेका छैनन् पार्टीभित्र पनि नबोलेको निकटस्थहरु बताउँछन् । उनीहरुको अचम्म यसमा छकि अब के गर्ने र कसरी अघि बढ्ने भन्नेमा प्रचण्डले कुनै प्रतिक्रिया नै दिन सकेका छैनन् । यो विधेयक ल्याउदा उनलाई सोधिएन, सल्लाह गरिएन । यतिमात्र होइन कि हिजोको सचिवालय बैठकमा पनि सबैले बोलिसकेर प्रचण्डको पालो आउने बेलैमा शीतल निवासको खबर सुनाइयो । सायद खबरदातालाई त्यतिनै बेला यो भन्न लगाइएको पनि हुनसक्छ । अब पार्टीकै बैठकमा पनि प्रचण्डले बोल्ने वातावरण नपाउने अवस्था हिजोको उनको घोर अल्पमतले पति देखाउन खोजेकै छ । तर पनि अचम्म त यो छकि उनी आफै अध्यक्ष रहेको पार्टीको यत्रो बिधि आलोचना बजारमा छताछुल्ला छ । अनि यो सब प्रचण्डका लागि ओलीले गरेको खेल भन्ने तर्क उम्रिएदेखिका विश्लेषकको आएकै छ । तर पनि उनी बोल्दैनन् । थाहा छैन किन बोल्दैनन् ।