२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारागारको अस्पतालमा कार्यरत दुई जना नर्समा र्यापिड टेस्ट ‘पोजेटिभ’



अ+ अ-

काठमाडौं । काठमाडौंमा दुई जना नर्समा र्यापिड टेस्ट गर्दा कोरोना भाइरसको एन्टिबडी पोजेटिभ देखिएको छ।

त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारको अस्पतालमा कार्यरत दुई जना नर्समा र्‍यापिड टेस्ट गर्दा पोजेटिभ देखिएको कारागार व्यवस्था विभाग श्रोतले जानकारी दियो। पोजेटि देखिएपछि उनीहरूलाई सोमबार नै टेकु अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ।

उनीहरुको पिसिआर परीक्षणको नतिजा आएपछि मात्र कोरोना संक्रमण भए वा नभएको टुंगो लाग्नेछ। नेपालमा हालसम्म ४२ जनामा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको छ। जसमध्ये ५ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।