२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा झन् बढ्दै कोरोना- एकै दिन ५० को मृत्यु, १३ सय संक्रमित



अ+ अ-


काठमाडौं । भारतमा पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण निकै बढ्दै गएको देखिएको छ । भारतबाट प्राप्त पछिल्लो समाचारअनुसार यहाँ पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार यससँगै कोरोना भाइरसबाट भारतमा मृत्यु हुनेको संख्या ६ सय ४० पुगेको छ ।

यसरी भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या पनि १९ हजार नौ सय ८४ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा संक्रमितको संख्या पनि एक हजार तीन सय ८४ जना नयाँ संक्रमित फेला परेका छन् ।

यहाँको सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्र हो । यहाँ अहिलेसम्म दुई सय ५१ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै गुजरातमा ९०, मध्यप्रदेशमा ७६, दिल्लीमा ४७ जनाको मृत्यु भइसकेको छ । भारतको उत्तर प्रदेशमा संक्रमित हुनेको संख्या एक हजार दुई सय ९४ पुगेको छ भने २० जनाको मृत्यु भइसकेको छ । त्यस्तै बिहारमा एक सय २६ संक्रमित देखिएका छन् भने दुईजनाको मृत्यु भइसकेको छ । भारतमा यसका संक्रमितहरुमध्ये अहिलेसम्म तीन हजार आठ सय ७० जना निको भइसकेका छन् ।