१३ असार २०८३, शनिबार
,
Latest
नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

आरोपित आइसोलेसनमा



अ+ अ-

सप्तरी । थुनामा राख्नुअघि स्वास्थ्य परीक्षण गर्न ल्याइएका ४८ वर्षीय व्यक्तिको आरडिटी परीक्षण गर्दा मङ्गलबार राति कोरोना सङ्क्रमण पोजिटिभ देखिएको छ । सप्तरीको डाकनेश्वरी नगरपालिका–४ भुतहीका सोगवीर रामको कान काटेको आरोपमा पक्राउ परेका आरोपितको स्वास्थ्य परीक्षण र आरडिटी परीक्षण गर्दा पोजेटिभ आएको गजेन्द्रनारायण सिंह अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले बताउनुभयो । कोरोना सङ्क्रमणको लक्षण देखिएपछि उनलाई थुनामा नराखी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा राखिएको छ । आरोपित घाइते सोगवीरका भिनाजु हुन् ।

सप्तरीको चनही मल्हनिया घर भई ससुरालीमा घरज्वाइँ बस्दै आएका आरोपित र उनका साला सोगवीरबीच जमिनको विषयमा विवाद रहेको छ । कदमको रुख काट्ने विषयमा सोमबार विवाद हुँदा धारिलो हतियारले सालाको कान छिनिएको हो । आरोपितले घाँटी ताकेर प्रहार गरेको खुकरी छल्दा कान काटिएको घाइतेले बताए । छिनिएको कान लिएर उपचारका लागि घाइते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुगेको घाइतेका दाजु रघुवीर रामले बताउनुभयो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा दासले आरडिटी पोजेटिभ देखिएका उनको स्वाब परीक्षणका लागि आज धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइने बताउनुभयो ।