१३ असार २०८३, शनिबार
,
Latest
नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनको असर : पशुपतीनाथ र बौद्ध स्तूपा क्षेत्र सुनसान



अ+ अ-

काठमाडौं । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले लागू गरेको लकडाउनको कारणले काठमाडौंको पशुपतीनाथ क्षेत्र र बौद्ध स्तूपा क्षेत्र सुनसान छन् ।

लकडाउन लागू भएको बिहीबार एक महिना पुग्दै छ । लकडाउनको असर कार्यालय, यातायात, पर्यटन, धार्मिक मठ मन्दिर सबैतिर परेको छ । सधैं भिडभाड रहने विश्व सम्पदा सूचिमा समेत रहेको हिन्दु धर्मावलम्बिहरुको शक्तिपिठ आराध्यदेव पशुपती नाथको मन्दिर क्षेत्र अहिले लकडाउनको कारण सुनसान छ । मन्दिर भित्र नियमित पूजा सञ्चालन भएपनि बाहिरबाट जाने भक्तालुहरुलाई प्रवेशमा रोक लगाइएको छ । मन्दिरको मुख्य प्रवेशद्धार सँगै अन्य ढकोकाहरुमा पनि ताला लगाइएको छ । सामान्य अवस्थामा निकै व्यस्त रहने यस क्षेत्रमा लकडाउनको पूर्ण पालना भएको पाइएको छ ।

मानिसहरुको निकै चहलपहल हुने यस क्षेत्रमा अहिले परेवा र बाँदर मात्रै देख्न सकिन्छ । यस्तै पशुपती क्षेत्र विकास कोष परिसर भित्र रहेको आर्यघाटमा पनि लकडाउनको प्रभाव परेको छ । आर्याघाटको दृश्य पहिला जस्तो देखिदैन् । चिताबाट निरन्तर बहने धुवाँ, आफन्तको पिडा र मलामीहरुको भीड हुने आर्यघाट यतिवेला शान्त छ । बुधबार आर्यघाटमा एउटामात्रै सब देखिन्थ्यो । लकडाउनको असरले मलामीहरु पनि निकै कम देखिन्थे । यसबाहेक पशुपती क्षेत्र विकास कोष परिसरमा रहेका विभिन्न पसलहरु पनि बन्द छन् । मानिसहरुको आवागमन निकै कम छ । यस्तै पशुपती क्षेत्रको केही ठाउँमा थालिएको निर्माण कार्यमा भने लकडाउनको असर त्यति देखिएन् । निर्माण कार्य भइराखेको देखिन्छ ।

यस्तै निकै भिडभाड हुने अर्को धार्मिक स्थल बौद्ध क्षेत्र पनि सुनसान देखिन्छ । विश्व सम्पदा सूचिमा रहेको पर्यटकीय स्थल बौद्ध महाचैत्य स्तूपा लकडाउनका कारण सुनसान छ । बौद्धमार्गीहरुको आस्थाको केन्द्र रहेको स्तूपामा हुने नियमित पूजा भने रोकिएको छैन् । तर नियमित पूजाका लागि बाहिरबाट भक्तालुहरु जान पाएका छैनन् । बुधबार त्यस क्षेत्रमा पुग्दा लकडाउनको आदेशलाई पालना गरेको पाइएको छ । यस क्षेत्रमा सञ्चालित होटल तथा रेस्टुरेन्टहरु पूर्णरुपमा बन्द छन् । मनिसहरुको आवागमन शुन्य जस्तै छ । सुरक्षाकर्मीहरुले त्यस क्षेत्रमा आवागमन गर्न खोज्नेहरुलाई रोक्ने गरेका छन् । बौद्ध क्षेत्र परिसरमा थालिएको केही निर्माण कार्य भने लकडाउनको कारण प्रभावित भएको छ । भुइमा इट्टाहरु छरिएर रहेका छन भने कुनैपनि काम भएको छैन् ।