१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ? News Polar दशौं राष्ट्रिय खेलकुद सर्दैन, ढुक्क हुनुस् : मन्त्री पोखरेल News Polar कांग्रेस हल्लाले होइन, त्याग र संघर्षले स्थापित भएको हो : राई News Polar भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको लामो इतिहास छ : अध्यक्ष खड्गे News Polar राजनीतिलाई पद प्राप्त गर्ने माध्यम होइन, राष्ट्रप्रतिको जिम्मेवारीका रूपमा बुझ्नुपर्छ : भण्डारी News Polar विदेशी राजनीतिक दल र नेताबाट कांग्रेस महाधिवेशनलाई शुभकामना News Polar स्थानीय तहमै पुगेर युवालाई रोजगारीसँग जोड्दै सीप तथा रोजगार मेला News Polar दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न News Polar बेत्रावतीको बेलीब्रिज दसैँअघि सञ्चालनमा आउने News Polar घिमिरेको प्रश्न– ‘अन्तिम पंक्तिमा उभिएको नागरिकको जीवन बदल्न सक्यौँ त ?’ News Polar काँग्रेसको १५ औँ महाधिवेशन केवल पद बाँडफाँटका लागि होइन, आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छः उपसभापति भुसाल News Polar कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि लामिछाने News Polar दसैँ नजिकिएसँगै काठमाडाैँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल News Polar आदिवासी जनजाति क्लस्टरबाट केन्द्रीय सदस्यमा विजय सम्बाहाम्फेको उम्मेदवारी News Polar कांग्रेसको १५औँ महाधिवेशनमा खुलामञ्च भरिभराउ, शीर्ष नेताको उपस्थिति News Polar तनहुँमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन प्रचण्ड खुलामञ्च पुगे News Polar कांग्रेस सभापति थापाको राजनीतिक प्रतिवेदन : सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव News Polar ‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’

अनुगमन नहुँदा औषधिमा कालोबजारी

अनुगमन नहुँदा औषधिमा कालोबजारी
अ अ+ अ-

रमेश गिरी, भक्तपुर । कोरोना भाइरसका कारण देशभर लकडाउन भएको बेलामा औषधि व्यवसायीले भने औषधिजन्य सामग्रीमा कालोबजारी गर्न थालेका छन् । एकातिर औषधि पसलले कालोबजारी गर्ने र अर्कोतर्फ वडावडामा रहेका स्वास्थ्यचौकीले सामान्य स्वास्थ्य सेवासमेत नदिइ अभद्र व्यवहार गर्ने गरेको पाइएको छ ।

सूर्यविनायक नगरपालिका–१० चित्तपोल स्वाथ्यचौकीले स्थानीयवासीलाई सेवा नै नदिइ अभद्र व्यवहार गर्ने गरेका छन् । स्वास्थ्यचौकीमा उच्च रक्तचाप मापनका लागि जानुभएका स्थानीय मुरारी नगरकोटीलाई स्वास्थ्यकर्मीले गेटबाटै फर्काइदिएका छन् । ढोका बन्द गरेर भित्र बसेका स्वास्थ्यकर्मीले बिरामी हेर्दै नहेरी फर्काउने गरेको गुनासो गर्दै उहाँले भन्नुभयो, “टाउको निकै दुखेर रक्तचाप परीक्षण गर्न गएँ, सबै स्वास्थ्यकर्मी ढोका बन्द गरेर बसेका छन्, रक्तचाप परीक्षण गर्न मिल्दैन र भित्र आउन पनि मिल्दैन भनेर बाहिरैबाट फर्काइदिए ।”

ज्वरो आएको मापन गर्दै औषधि लिन सोही स्वास्थ्यचौकी गएका स्थानीय लक्ष्मीभक्त खाताखोले स्वास्थ्यकर्मीले अभद्र व्यवहार गरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “ज्वरोआको जस्तो लाग्यो, जाँच गरेर औषधि ल्याउनुपर्यो भनेर चित्तपोल स्वास्थ्यचौकी गएँ, ढोका बन्द थियो, भित्र स्वास्थ्यकर्मी आफैँ थर्मलगनले ज्वरो नापेर जिस्किएर बसेका थिए, मैले ज्वरो नाप्नुप¥यो, औषधि लानुपर्यो भन्दा सिटामोल भित्रबाट बाहिर फ्याँकिदिए, ज्वरो नापेनन् ।” स्वास्थ्यकर्मीले छोइन्छ भनेर औषधि बाहिर फ्याँकिएको भन्दै उनीहरुबाटै अभद्र व्यवहार हुने र ज्वरोसमेत नाप नहुने भएपछि यस्ता स्वास्थ्यचौकीको अर्थ नभएको उहाँको भनाइ थियो ।

त्यसो त जिल्लाका सबै नगरपालिकाले प्रत्येक वडामा रहेको स्वास्थ्यचौकीमा थर्मलगन, पिपिइ र औषधिको व्यवस्था गरे पनि अधिकांश स्वास्थ्यचौकी भने दिनमा चार घण्टा खुल्ने र आएका बिरामीको परीक्षण र परामर्श नदिने गरेको गुनासो आएको छ । त्यस्तै जिल्लाका कतिपय अस्पतालमा सञ्चालित फार्मेसीदेखि, औषधि पसल र क्लिनिकले औषधिको मनोमानी मूल्य लिएको गुनासो व्यापक आए पनि अनुगमन नहुँदा उपभोक्ता मारमा परेका छन् ।

बढी मूल्यमा सर्जिकल मास्क बिक्री गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भक्तपुरको लोकन्थलीस्थित समिट अस्पतालको फार्मेसीलाई कारवाही ग¥यो । अनुगनमका क्रममा बढी मूल्य लिइ मास्क बेचेको पाइएपछि सो फार्मेसीलाई गत शुक्रबार विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम तत्काल रु दुई लाख जरिवाना गरिएको थियो । समिट अस्पतालको फार्मेसी एउटा नमूना मात्रै हो । यस्ता धेरै फार्मेसीले अचेल औषधिमा कालोबजारी गरे पनि सम्बन्धित निकायलाई कुनै चासो नभएको उपभोक्ता बताउँछन् ।

“लोकन्थलीको समिट अस्पताल अवैधरूपमा सञ्चालनमा छ, त्यहाँ धेरै प्रक्रिया पुगेका छैनन्, उपचार पनि हुदैन, बोर्ड मात्रै राखेर किन अस्पताल चलाउँछन्, अनुगमन गर्नुप¥यो भनेर जिल्ला स्वास्थ्य कार्यालय प्रमुखलाई पटक–पटक भन्यौँ तर चासो दिनुभएन”, मध्यपुरथिमि–१ लोकन्थलीका समिर भट्टले भन्नुभयो । कोरोना सङ्क्रमणको अहिलेको महामारीको अवस्थामा जिल्लाको यो अस्पतालले के गरिरहेको छ भन्नेबारेमा जिल्ला प्रशासन कार्यालयदेखि स्वास्थ्य कार्यालयले समेत चासो नदिएको स्थानीयवासीको गुनासो छ ।

भक्तपुरमा सञ्चालित अस्पतालहरुको केही दिनअघि अनुगमन गरे पनि लोकन्थलीको समिट अस्पतालको भने कुनै अनुगमन भएन । यो अस्पतालका बारेमा अख्तियारदेखि सर्वोच्चसम्ममा उजुरी पर्दा पनि जिल्लाको अनुगमन गर्ने निकाय भने नदेखेझँै गरेर बस्नुले शङ्का उब्जाएको लोकन्थलीका श्यामसुन्दर कार्की बताउनुहुन्छ ।

भक्तपुरका अधिकांश औषधि पसलमा अहिले बालबालिकाको दमको लागि प्रयोग हुने औषधि, क्यान्सर, मुटुरोगी, मिर्गौलाका बिरामीले प्रयोग गर्ने औषधि बजारमा अभाव सिर्जना गरेको उपभोक्ताको गुनासो छ । सूर्यविनायक नगरपालिका–२ बालकोटका आरती कार्कीले औषधि पसलमा मनोमानी मूल्य लिने गरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “एक त औषधि पसलमा सिकारु मान्छे राखेका छन्, औषधिको नाम नै जान्दैनन्, अर्कोतर्फ औषधिको मूल्य मनोमानी लिएका छन्, औषधि अभाव भइसक्यो, औषधि आउन छाडेकाले समस्या छ, भन्ने गरेका छन्, यसमा कसैलाई चासो छैन ।”

छड्के अनुगमन गर्ने हो भने धेरै औषधि पसल कारवाहीमा पर्ने दाबी गर्नुहुन्छ राष्ट्रिय उपभोक्ता मञ्च भक्तपुर अध्यक्ष मनोज थापा । उहाँले औषधि व्यवसायीले सुरक्षाका सामग्री मास्क, पञ्जा, स्यानिटाइजरमा मनोमानी मूल्य लिइरहेका र अत्यावश्यक औषधिमासमेत निर्धारित मूल्यभन्दा बढी लिएको गुनासो आएको भनाइ छ । मानवीय स्वास्थ्यसँग जोडिएको औषधि पसल तथा क्लिनिकमा छड्के अनुगमन गर्दै लकडाउनको बेलामा गलत गर्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्नेमा झन् अनुगमन नै नगरेको उहाँको गुनासो छ ।

कतिपय निजी अस्पतालले बिरामी नै नलिने गरेको, कतिपय फार्मेसीमा औषधि छैन भन्दै कम औषधि बढी मूल्यमा बिक्री गर्ने गरेका, स्वास्थ्य सामग्री नक्कली बिक्री गर्ने गरेको, औषधिजन्य वस्तुमा कालोबजारी गर्ने गरेको र प्रत्येक वडामा रहेका स्वास्थ्य तथा उपस्वास्थ्य चौकीले समेत स्वास्थ्य परीक्षण नगरी फर्काउने गरेको गुनासो व्यापक आएको उहाँको भनाइ छ । ज्वरो आएको बिरामी त अहिलेको अवस्थामा स्वास्थ्यचौकीदेखि अस्पतालसम्मले ढोकैबाट फकाउने गरेको चौतर्फी गुनासो आएको छ । कोरोना सङ्क्रमणबाहेक अन्य रोगका बिरामीले समेत उपचार नपाउने अअस्था आएको उपभोक्ता मञ्चका अध्यक्ष थापा बताउनुहुन्छ ।