१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य मन्त्रालयलाई स्वाव कलेक्सन बुथ हस्तान्तरण



अ+ अ-

काठमाडौं । रोटरी क्लब थापाथलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वाव कलेक्सन बुथ हस्तान्तरण गरेको छ ।

बुधबार क्लबले मन्त्रालयमै पुगेर मन्त्री भानुभक्त ढकाललाई स्वाव कलेक्सन बुथ हस्तान्तरण गरेको हो । पिपिइ लगाएर स्वाव कलेक्सन गरेजस्तै बुधबाट पनि परीक्षणका लागि स्वाव कलेक्सन हुन्छ । मन्त्रालयका सह प्रवक्ता समिर कुमार अधिकारले बक्सभित्र पसेर स्वास्थ्यकर्मीहरुले घाँटीको ¥यालको नमुना लिने बताउनुभयो । कलेक्सन बुथको माध्यमबाट स्वावको नमुना लिनलाई सहज हुनेछ ।

बुधबार नै वल्र्ड भिजनले १ हजार थान पिपिइ पनि मन्त्रालयलाई हस्तान्तरण गरेको छ । प्राप्त भएका स्वास्थ्य सामग्रीहरु व्यवस्थापन महाशाखामा भण्डार हुनेछन् । देशका जुनसुकै ठाउँमा पनि आवश्यक परेको खण्डमा स्वाव कलेक्सन बुथ र पिपिइ महाशाखाबाट नै पठाइने उहाँले बताउनुभयो ।