काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगजनीमा परेको पार्टी केन्द्रीय कार्यालयको अवलोकन गरेका छन् ।
जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले पेरिसडाँडामा रहेको पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका थिए ।
अवलोकनपछि अध्यक्ष प्रचण्डले देशभरका पार्टी कार्यकर्ताकै सहयोगमा अब फेरि भव्य नयाँ कार्यालय भवन बनाउने घोषणा पनि गरे ।











