१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ? News Polar दशौं राष्ट्रिय खेलकुद सर्दैन, ढुक्क हुनुस् : मन्त्री पोखरेल News Polar कांग्रेस हल्लाले होइन, त्याग र संघर्षले स्थापित भएको हो : राई News Polar भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको लामो इतिहास छ : अध्यक्ष खड्गे News Polar राजनीतिलाई पद प्राप्त गर्ने माध्यम होइन, राष्ट्रप्रतिको जिम्मेवारीका रूपमा बुझ्नुपर्छ : भण्डारी News Polar विदेशी राजनीतिक दल र नेताबाट कांग्रेस महाधिवेशनलाई शुभकामना News Polar स्थानीय तहमै पुगेर युवालाई रोजगारीसँग जोड्दै सीप तथा रोजगार मेला News Polar दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न News Polar बेत्रावतीको बेलीब्रिज दसैँअघि सञ्चालनमा आउने News Polar घिमिरेको प्रश्न– ‘अन्तिम पंक्तिमा उभिएको नागरिकको जीवन बदल्न सक्यौँ त ?’ News Polar काँग्रेसको १५ औँ महाधिवेशन केवल पद बाँडफाँटका लागि होइन, आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छः उपसभापति भुसाल News Polar कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि लामिछाने News Polar दसैँ नजिकिएसँगै काठमाडाैँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल News Polar आदिवासी जनजाति क्लस्टरबाट केन्द्रीय सदस्यमा विजय सम्बाहाम्फेको उम्मेदवारी News Polar कांग्रेसको १५औँ महाधिवेशनमा खुलामञ्च भरिभराउ, शीर्ष नेताको उपस्थिति News Polar तनहुँमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन प्रचण्ड खुलामञ्च पुगे News Polar कांग्रेस सभापति थापाको राजनीतिक प्रतिवेदन : सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव News Polar ‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’

लक डाउन जारि भएको ३० औ दिन, संक्रमितको संख्या ४२ पुग्यो

लक डाउन जारि भएको ३० औ दिन, संक्रमितको संख्या ४२ पुग्यो
अ अ+ अ-

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि लकडाउन लागू गरेको ३० दिन पुगेको छ । सरकारले गत चैत ११ गते यता लकडाउन गरेको छ ।

लकडाउनबाट दैनिक जीवन प्रभावित भएको छ । कार्यालय, यातायात, पर्यटन, धार्मिक मठ मन्दिर सबैतिर असर परेको छ । अत्यावस्यक काम र सेवाका लागि मात्र सडकमा आउन सरकारले पासको व्यवस्था गरेको छ । त्यसैले बुधबार पनि काठमाडौंका सडकमा अत्यावस्यक काम र सेवाका सवारीसाधनहरु मात्र चलेको देखिन्छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, बैंकर लगायत अत्यावस्यक सेवामा कार्यरत कर्मचारीहरुका सवारीसाधनहरु फाट्टफुट्ट चलेका छन् । लकडाउनको पालना पूर्णरुपमा भएको देखिन्छ । यस्तै अत्यावस्यक सामग्री खरिदका लागि सर्वसाधारणहरु घर नजिकको पसल सम्म पुग्ने गरेका छन् । यस्तै अत्यावश्यक खाद्य सामग्री विक्री गर्ने पसलहरु दिउसोको समयमा समेत खुलेको देखिन्छ ।

सुरक्षाकर्मीहरुले लकडाउन पालना गराउन सडकमा चेकजाँचलाई कडाई गरेका छन् । चोकचोकमा बसेर नेपाल प्रहरीले सवारी साधन र पैदल यात्रीको चेकजाँच गरिरहेका छन् । ससरकारले वैशाख १५ गते सम्म लकडाउनको समय तोकेको छ ।

नेपालमा अहिले सम्म कोरोना भाइरस संक्रमणमा परेका व्यक्तिहरुको संख्या ४२ पुगेको छ । यस्तै ४ जनालाई निको भइसकेको छ । अहिले सम्म ८ हजार ७ सय ७३ जनाको पीसीआर प्रविधि मार्फत कोरोना भाइरस परीक्षण गरिएको छ । ८ हजार ७ सय ३१ जनामा कुनैपनि संक्रमण देखिएको छैन् । यस्तै पछिल्लो समय १ सय ७ जना आइसोलेसनमा रहेका छन् ।