१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ? News Polar दशौं राष्ट्रिय खेलकुद सर्दैन, ढुक्क हुनुस् : मन्त्री पोखरेल News Polar कांग्रेस हल्लाले होइन, त्याग र संघर्षले स्थापित भएको हो : राई News Polar भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको लामो इतिहास छ : अध्यक्ष खड्गे News Polar राजनीतिलाई पद प्राप्त गर्ने माध्यम होइन, राष्ट्रप्रतिको जिम्मेवारीका रूपमा बुझ्नुपर्छ : भण्डारी News Polar विदेशी राजनीतिक दल र नेताबाट कांग्रेस महाधिवेशनलाई शुभकामना News Polar स्थानीय तहमै पुगेर युवालाई रोजगारीसँग जोड्दै सीप तथा रोजगार मेला News Polar दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न News Polar बेत्रावतीको बेलीब्रिज दसैँअघि सञ्चालनमा आउने News Polar घिमिरेको प्रश्न– ‘अन्तिम पंक्तिमा उभिएको नागरिकको जीवन बदल्न सक्यौँ त ?’ News Polar काँग्रेसको १५ औँ महाधिवेशन केवल पद बाँडफाँटका लागि होइन, आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छः उपसभापति भुसाल News Polar कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि लामिछाने News Polar दसैँ नजिकिएसँगै काठमाडाैँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल News Polar आदिवासी जनजाति क्लस्टरबाट केन्द्रीय सदस्यमा विजय सम्बाहाम्फेको उम्मेदवारी News Polar कांग्रेसको १५औँ महाधिवेशनमा खुलामञ्च भरिभराउ, शीर्ष नेताको उपस्थिति News Polar तनहुँमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन प्रचण्ड खुलामञ्च पुगे News Polar कांग्रेस सभापति थापाको राजनीतिक प्रतिवेदन : सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव News Polar ‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’

आहा ! गुराँस फूल्यो वनैभरि, तर हेरिदिने कोही भएन

आहा ! गुराँस फूल्यो वनैभरि, तर हेरिदिने कोही भएन
अ अ+ अ-


फिदिम । मेची राजमार्गमा पर्ने पाँचथरको पौवाभञ्ज्याङ बजारबाट माथि डाँडा चढेपछि देखिने सिङ्गो जङ्गलको रुपरङ्ग यतिबेला फेरिएको छ । थरिथरिका गुराँस फुलेर रङ्गिएको जङ्गल अत्यन्तै मनमोहक देखिन्छ । यतिबेला देश बन्दाबन्दीमा नपरेको भए गुराँस फुलेर रङ्गीचङ्गी भएको यो जङ्गलमा हजारौँ मानिस रमाएका हुन्थे । अनि यो प्राकृतिक सुन्दरता पनि आफ्नो स्वरुप देखाउन दिनहुँजसो नयाँ नयाँ मानिसको पर्खाइमा हुन्थ्यो । तर दुर्भाग्य, महामारीका कारण देश यतिबेला बन्दाबन्दीमा छ, मानिसहरु घरबाहिर निस्किन पाएका छैनन् ।

वनैभरि फूलेको गुराँसले भरिएको मनमोहक दृश्य यस्तो लाग्छ यतिखेर त्यसै खेर गइरहेको छ । त्यस डाँडाबाट पूर्वतर्फ गए सुकेपोखरी र लोहकिल क्षेत्र तथा पश्चिमतर्फ सिलौटी र लब्रेकुटी पुगिन्छ । जताततै अनेकथरिका गुराँसले वन नै ढाकेको छ । पौवाभञ्ज्याङबाट कच्ची बाटोमा आधाघण्टा यात्रा गरेपछि सुकेपोखरी पुगिन्छ । सुकेपोखरीमा रहेका घरबासमा स्थानीय परिकारको स्वाद चाख्न पाउनु फेरि अर्को आनन्द हो । ती घरबासमा बसेर स्थानीय खानाको स्वाद चाख्ने र माथि डाँडामा देखिने रङ्गीचङ्गी गुराँसको दृश्यावलोकन गर्ने । यसैले निकै रमाउँछन् यहाँ पर्यटक ।

तल सानो बस्ती छ, त्यसमाथिको डाँडो नै गुराँसले रङ्गीन छ । जतिमाथि पुग्यो उति धेरै थरिका गुराँस देखिन्छ । जतिमाथि उक्लियो त्यति नै गुराँसको रङ्ग पनि गाढा बन्दै गएको देख्न सकिन्छ । गुराँस हातमा लिएर र कानमा सिउँरिएर तस्वीर र ‘सेल्फी’ खिच्नेको घुइँचो लाग्ने गर्छ । यहाँ एकघण्टा यात्रा गर्दा लोहकिल डाँडामा पुगिन्छ । तीन हजार ३०० मिटर उचाइमा अवस्थित लोहकिलबाट चारैतिर रहेको गुराँसको जङ्गल, पहाडका फाँट, बेँसी तथा उच्च हिम शृङ्खला देखिन्छ ।

तर यसवर्ष कोभिड–१९ को विश्वव्यापी प्रकोपले जङ्गलको गुराँसले आफ्नो सुन्दरता मानिसलाई देखाउनै पाएन । गुराँसको फूलमाथि बसेर जङ्गली पक्षीले छर्ने मधुर आवाज सुन्न पनि अहिले यहाँ कोही पुगेको छैन । मानिसले हेर्नै नपाई गुराँस यसै फक्रने पो हो कि भन्ने चिन्ता दिनप्रतिदिन बढ्दैछ । अबका केही दिनमा यहाँ मन्द हावा चल्न थाल्छ र फक्रेको गुराँसको फूल झारेर भुइँभर बनाइदिन्छ । सेतो गुराँसका फूल भुइँमा खसेपछिको दृश्य हिउँपरेजस्तै देखिन्छ । यी सब दृश्यावलोकनका लागि खासगरी नेपाली नयाँ वर्ष, वैशाख १ गतेको वरपर यहाँका डाँडा आन्तरिक पर्यटकले भरिभराउ हुन्थे । तिनै मानिसले खिचेका तस्वीरले सामाजिक सञ्जालसमेत रङ्गिन्थे । चैतको मध्यदेखि वैशाख मसान्तसम्मको समय गुराँस फुल्ने क्षेत्रको भ्रमण उपयुक्त ठानिन्छ । तर नयाँ वर्षको आसपास यसवर्ष यहाँ र अन्यत्रका यस्तै दृश्य हेर्न कोही नेपालीले पाएनन् । बाह्य पर्यटक पनि रमाउन पाएनन् ।

एक हजार २०० देखि तीन हजार ६०० मिटर उचाइसम्म गुराँसको विविधता पाइन्छ । प्रदेश नं १ मा ३१ प्रजातिका गुराँस पाइने विभिन्न अध्ययनले देखाएका छन् । यस क्षेत्रमा कति प्रजातिका गुराँस पाइन्छन् भन्ने अध्ययन भने हुन सकेको छैन । तर सेतो, रातोलगायत धेरैथरिका गुराँस फुलेको देखिएकाले यी जङ्गलमा पनि धेरैथरिका गुराँस हुनसक्ने अनुमान सजिलै गर्न सकिन्छ । गुराँसे जङ्गल क्षेत्रको संरक्षण, अध्ययन तथा व्यवस्थित पर्यटकीय क्षेत्र निर्माणका लागि गुरुयोजना निर्माण गर्ने, प्रदेश तथा सङ्घीय सरकारसँग मिलेर पूर्वाधार निर्माण गर्ने नगरपालिकाको योजना रहेको फिदिम नगरपालिकाका प्रवक्ता नरेन्द्र गुरुङको भनाइ छ ।

यो वर्ष भने कोभिड–१९ को विश्वव्यापी प्रकोपले वनभरिको गुराँसजस्तै घरबासले पनि अतिथिलाई स्वागत गर्न पाएनन् । उता गुराँसले आफ्नो सुन्दरता देखाउन नपाएजस्तै घरबास सञ्चालकहरु पनि उदास र एक्लो परेको महसुस गरेका छन् । गुराँस र यहाँको प्राकृतिक सुन्दरतामा आधारित व्यवसाय गर्नेहरुका लागि यो वर्ष राम्रो आम्दानी गर्ने ठूलो मौका थियो । “वर्षेनी लाखौँ रकम आम्दानी हुन्थ्यो । यो वर्ष हिँउदमा पानी परेकाले यो याममा झरी नलाग्ला भन्ने आशा थियो”, घरवास सञ्चालक फौदमान राईले भन्नुभयो, “गुराँस फुल्ने याममा मेला पनि लगाइन्थ्यो । एकै यामको आम्दानीले वर्षभर खान पुग्थ्यो ।” व्यवसाय गर्नेहरुलाई मात्र नभएर घुम्न जानेहरुका लागि पनि यो मौसम विशेष नै हुने गथ्यो, खुबै रमाउँथे पर्यटक । तर यसवर्ष भने यो सब कल्पना मात्र भयो ।

कोभिड–१९ को प्रकोपका कारण जारी बन्दाबन्दीले झण्डै तीन हजार मिटर उचाइमा रहेको सुकेपोखरीस्थित घरबास र तीन हजार ३०० मिटर उचाइमा रहेको गुराँस भ्रमण क्षेत्रमा समेत प्रभाव पारेको छ । यहाँका घरबास सञ्चालक यो याममै पर्यटक नआउने भएपछि चिन्तामा छन् । विशेषतः आन्तरिक पर्यटकको भीड लाग्ने सुकेपोखरी÷लोहकिल क्षेत्र प्रभावित भएको घरबास सञ्चालक सुरेश राईको भनाइ छ । नयाँ वर्षको दिन तथा त्यसअघि र पछिको एक÷एक साता सुकेपोखरी तथा लोहकिल क्षेत्रका लागि विशेष थियो । हजारौँ पर्यटकको घुइँचो लाग्थ्यो । लाखौँको व्यापार हुन्थ्यो ।

जडीबुटीको पनि यो क्षेत्र खानी नै मानिन्छ । यहाँ रुखमा लाग्ने झ्याउको राम्रो परिकार खान सकिन्छ । झ्याउ प्रतिकिलो एक हजार ५०० सम्ममा बिक्री हुन्छ । यो क्षेत्रमा पूर्वी नेपालमा विरलै देख्न पाइने चाँप गुराँससँगै फुलेको देख्न पाइन्छ । सुकेपोखरीसहित यहाँ लोहकिल, नागढुङ्गा, पाटेनागी र कुहिभिर देउरालीलगायत रमणीय क्षेत्र छन् । यी स्थानमा लाग्ने पर्यटकको घुइँचोले मिल्ने गरेको आर्थिक लाभ कोरोना भाइरसको प्रभावले गुम्दै जान सक्ने स्थानीयवासीको चिन्ता छ । “ठूलो मेहनतले यहाँ वर्षेनी पर्यटक भित्रिने अवस्थाको निर्माण गरेका थियौँ पर्यटक गुमाउनु पर्ला कि भन्ने चिन्ता पो बढ्न थालेको छ”, घरबास सञ्चालक सुरेश राईले थप्नुभयो, “आर्थिक रुपले नाजुक अवस्था आउनसक्ने र व्यवसाय सङ्कटमा पर्ने चिन्तामा छौँ ।”

लोहकिल डाँडाबाट सूर्योदय र सूर्यास्त अत्यन्तै राम्रोसँग देख्न सकिने हुनाले गुराँसजस्तै यो दृश्यावलोकन पनि यहाँको अर्को आकर्षण हो । यहाँबाट भारत र चीनको भू–भाग तथा हिमशृङ्खला पनि देख्न सकिने स्थानीयवासीको दाबी छ तर यसको आधिकारिक पुष्टि भने भएको छैन । पाँचथरको फिदिम नगरपालिका–१४ र फाल्गुनन्द गाउँपालिका–३ को सीमा क्षेत्रमा पर्ने यो स्थान पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेकाले यहाँको विकास र स्थानीयको आयआर्जन अभिवृद्धिका लागि २०७२ कात्तिकबाट ‘सुकेपोखरी लोहकिल पर्यटन विकास मञ्च’ गठन गरी औपचारिक पहल थालिएको थियो ।

पौवाभञ्ज्याङबाट सुकेपोखरी हुँदै नागढुङ्गा, सैलुङ्गेसम्मको पदमार्ग निर्माण सम्पन्न भएको छ । घरबास सञ्चालन तालिम दिई पाँच घरमा घरबास सञ्चालन भइरहेका छन् । प्रत्येक घरबासमा तीनदेखि पाँचजनालाई राख्ने क्षमता रहेको घरबास सञ्चालक राईको भनाइ छ । पर्यटन विकासमा नागरिकस्तरबाट ठूलो पहल भए पनि स्थानीय तहले प्रभावकारी बजेट विनियोजन नगर्दा पर्यटकीय विकास र प्रचारले गति लिन नसकेको स्थानीयवासीको गुनासो छ ।

पौवाभञ्ज्याङबाट पश्चिमतर्फ रहेको सिलौटी र लब्रेकुटी पनि गुराँसले ढाकिएको छ । विश्व शान्ति र मानव एकताको सन्देश छर्ने महागुरु फाल्गुनन्दको तपोभूमि र समाधिस्थलको दर्शनसँगै यहाँबाट प्रकृतिका अनुपम छटाहरुको दृश्यावलोकन तथा गुराँसको मनमोहक दृश्यमा रमाउन हजारौँ आन्तरिक पर्यटक भेला हुने गर्छन् । विशेषतः लामो दूरी यात्रा गर्न नसक्नेहरुलाई सिलौटी र लब्रेकुटी विशेष छन् । यहाँसम्म सबैजसो सवारी साधन पुग्छन् । लब्रेकुटी सिलौटी पर्यटन विकास समाजका सचिव सुवास तुम्वापोका अनुसार गुराँस फुलेको याममा सिलौटी र लब्रेकुटीमा नयाँ वर्षमा रमाइलो गर्नेहरुका लागि ‘विशेष’ हुन्थ्यो । तराई र पहाडका स्थानीयवासी नियमित रुपमा नै हरेक वर्ष नयाँ वर्षमा यहाँ आउने गरेका छन् । आन्तरिक पर्यटकको चापले सुकेपोखरीका घरबास, पौवाभञ्ज्याङ, कान्छीदोकान, लालीखर्कलगायत स्थानमा पर्यटनमा आधारित व्यवसाय फस्टाउन थालेका थिए ।

पाँचथर र इलाम जिल्लाको सीमावर्ती पर्यटकीय क्षेत्रको विकासका लागि पर्याप्त पहल आवश्यक रहेको सरोकारवाला बताउँछन् । यस क्षेत्रको विकास तथा प्रचार–प्रसारमा सक्रिय नेकपाका नेता हर्कबहादुर नेम्वाङ स्थानीय सरकारले पर्यटकीय विकास र पर्यटनमा आधारित स्थानीयवासीको आयआर्जन अभिवृद्धिका लागि विशेष योजना बनाउनुपर्नेमा जोड दिनुहुन्छ । “सूर्योदयको दृश्यावलोकन, पैदल यात्रा, गुराँसलगायत मौसमअनुसारका प्राकृतिक फूलहरुमा रमाइलो गर्न तथा स्थानीय परिकारहरुको स्वाद लिन यी स्थान महत्वपूर्ण छन्”, नेम्वाङले भन्नुभयो, “यहाँको विकासका लागि स्थानीय सरकारले विशेष पहल लिनुपर्छ । त्यसमा प्रदेश र सङ्घीय सरकारको सहयोग आवश्यक छ ।”

इलामको सन्दकपुरदेखि पाँचथरको लोहकिल तथा चारराते क्षेत्र हुँदै पाँचथरकै याङ्वरक गाउँपालिकाको लामपोखरीसम्मका क्षेत्र गुराँस फुल्ने याममा पैदल यात्राका लागि आकर्षक भए पनि त्यसका लागि उपयुक्त पूर्वाधारसमेत तयार नभएको नेम्वाङको भनाइ छ । “स्थानीय पर्यटकबाटै स्थानीयवासीले लाभ पनि लिनसक्ने आधारहरु छन् । तर पूर्वाधार निर्माणमा विशेष जोड दिनुप¥यो”, उहाँले भन्नुभयो ।

फिदिम नगरपालिकाका प्रवक्ता नरेन्द्र गुरुङका अनुसार नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरी गुराँस क्षेत्रको प्रचार तथा पूर्वाधार विकासमा जोड दिन लालीगुराँस महोत्सव आयोजना गर्ने तयारी भइरहेको थियो । कोभिड–१९ को प्रकोपका कारण बन्दाबन्दीले उक्त कार्यक्रम यसवर्ष स्थगित भएको छ । गुराँस क्षेत्रसहितका पर्यटकीय क्षेत्रको विकासका लागि प्रदेश सरकारले लालीखर्क–लब्रेकुटी–सिलौटी–पौवाभञ्ज्याङ–सुकेपोखरी सडक कालोपत्रेको तयारी थालेको छ । यसै आर्थिक वर्षमा विस्तृत आयोजना प्रतिवेदन तयारपारी अर्को आवबाट निर्माण कार्य थालनी गर्ने तयारी रहेको गुरुङले बताउनुभयो । रवीन्द्र काफ्ले ररासस