५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी पुनर्गठनको माग गर्दै गगन थापाले भने– महामन्त्री पद छाड्न तयार छु



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देश नयाँ राजनीतिक मोडमा प्रवेश गरेको बताउँदै पार्टीलाई निष्पक्ष निर्वाचन, संविधानको रक्षा र संगठन पुनर्गठनमा केन्द्रित हुन आग्रह गरेका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत थापाले भदौ २३–२४ को जेन–जी आन्दोलनपछि बनेको राजनीतिक परिस्थितिलाई स्वीकार गर्दै तोकेको समयमा निष्पक्ष निर्वाचन सम्पन्न गरी संविधान र लोकतन्त्रलाई सही मार्गमा ल्याउनु आजको मुख्य जिम्मेवारी रहेको बताएका छन् ।

उनले भदौ २५ गते आफू र महामन्त्री विश्वप्रकाश शर्माले संवैधानिक रिक्तता नआओस् भनी वैधानिक बाटोबाट समाधान खोज्न आग्रह गरेको उल्लेख गर्दै भने, “सरकार गठन र संसद विघटनको प्रक्रिया संविधानसम्मत छैन भन्ने हाम्रो ठहर गत भदौ २७ गतेको कार्यसम्पादन समितिले स्पष्ट गरिसकेको छ ।”

थापाले राखेका मुख्य प्रस्तावहरू यसप्रकार छन्ः

अन्तरिम सरकार बनेको र निर्वाचन मिति तोकिएको अवस्थामा कांग्रेसले जिम्मेवार पार्टीका रूपमा निर्वाचन सुनिश्चिततामा सहयोग गर्नुपर्ने ।

सरकार मूल जिम्मेवारीबाट बिचलित भए खबरदारी गर्नुपर्ने ।

प्रतिनिधिसभा विघटन भए पनि राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय सरकार कायम रहेकाले संवैधानिक संस्थाको रक्षा गर्नुपर्ने ।

आन्दोलनमा राज्यद्वारा भएको दमन र त्यसपश्चातको तोडफोड–आगजनी दुवैबारे छानबिन गरी दोषीलाई कानुनी सजाय दिलाउन निरन्तर दबाब दिनुपर्ने ।

क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र नागरिक सेवामा अवरोध नआओस् भनी प्रदेश–स्थानीय सरकार, समुदाय र नागरिक समाजसँग सहकार्य गर्नुपर्ने ।

पार्टीमा आमूल सुधार आवश्यक रहेको र “पदीय जिम्मेवारी छोडेर पनि” पुनर्गठनको नेतृत्व लिन आफू तयार रहेको ।

उनले आन्दोलनका क्रममा मारिएका युवाहरूको बलिदान व्यर्थ नजाने प्रतिवद्धता व्यक्त गर्दै भनेका छन्, “जलेका संरचना पुनर्निर्माण गर्न सकिन्छ, तर गुमेको जीवन फर्किँदैन । भ्रष्टाचारमुक्त, स्वच्छ र जनमुखी राजनीतिको सपना देखेका ती निर्दोष भाइबहिनीहरूको बलिदान खेर जान दिनु हुँदैन ।”

थापाले पार्टी सभापति शेरबहादुर देउवासहित लोकतान्त्रिक संस्थामाथि भएको सुनियोजित आक्रमणको निन्दा गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको शुभकामना पनि व्यक्त गरेका छन् ।