२१ भाद्र २०८३, आईतवार
,
Latest
पूर्वी चीनको जियाङ्सीमा पहिरोः एकको मृत्यु, ११ जना बेपत्ता चीनको विपद् कुटनीतिः ‘राहतदाता’ देखि ‘पार्टी–पार्टी’ सहायतासम्मको बहुआयामिक अभ्यास पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमूना संकलन एसिसी प्रिमियर कपः नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिसी प्रिमियर कपः नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो



अ+ अ-

काठमाडौँ। मलेसियामा जारी तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत साउदी अरेबियाविरुद्ध नेपालले ‘टस’ हारेर ‘फिल्डिङ’को निम्तो पाएको छ ।

नेपाल र साउदी अरेबियाबीचको प्रतिस्पर्धा क्लालालम्पुरस्थित वायुमास ओभलको मैदानमा भइरहेको हो । नेपाल आज पनि आफ्नो जित यात्रा जारी राख्न चाहन्छ ।

नेपालले पहिलो र दोस्रो खेलमा क्रमशः बहराइनलाई सात विकेट र आयोजक मलेसियालाई छ विकेटले हराएको थियो ।

नेपाली टोलीसामु आज जित निकालेर एक खेलअगावै सेमिफाइनलमा स्थान बनाउने मौका छ । समूह ‘ए’ मा रहेको नेपाल ताजा अवस्थामा दुई खेलबाट चार अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नेपालविरुद्ध खेल्ने साउदी अरेबिया भने तीन खेलबाट दुई अङ्कसहित तालिकाको पुछारमा छ ।

दुई टोलीबीचको इतिहास 

हालसम्म नेपाल र साउदी अरेबियाबीच दुई एकदिवसीय खेलमा भेट भएको छ । जसमा नेपालले एक खेल जितेको छ । यी दुई टोलीबीचको एउटा खेल भने वर्षाका कारण रद्द भएको विगत छ ।

नेपाल र साउदीले पहिलोपटक सन् २०१२ मा एकदिवसीय प्रतियोगितामा एकअर्काको सामना गरेका थिए । युएईमा भएको त्यस खेलमा नेपालले साउदी अरेबियालाई नौ विकेटले हराएको थियो ।

सन् २०२३ को एसिसी प्रिमियर कपमा भने नेपाल र साउदीबीचको खेल वर्षाका कारण रद्द भएको थियो ।

नेपालले आजको खेलमा प्लेइङ–११ मा एक खेलाडी मात्र परिवर्तन गरेको छ । नेपालले साउदीविरुद्ध तीव्र गतिका बलर हेमन्त धामीलाई विश्राम दिएर स्पिनर शेर मल्ललाई मौका दिएको हो ।

आजको खेलमा नेपालको प्लेइङ–११ मा आसिफ शेख, अर्जुन कुमाल, देव खनाल, इशान पाण्डे, रोहितकुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, गुलशनकुमार झा, करण केसी, सन्दीप लामिछाने (कप्तान), ललितनारायण राजवंशी र शेर मल्ल रहेका छन् ।  रासस