१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ? News Polar दशौं राष्ट्रिय खेलकुद सर्दैन, ढुक्क हुनुस् : मन्त्री पोखरेल News Polar कांग्रेस हल्लाले होइन, त्याग र संघर्षले स्थापित भएको हो : राई News Polar भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको लामो इतिहास छ : अध्यक्ष खड्गे News Polar राजनीतिलाई पद प्राप्त गर्ने माध्यम होइन, राष्ट्रप्रतिको जिम्मेवारीका रूपमा बुझ्नुपर्छ : भण्डारी News Polar विदेशी राजनीतिक दल र नेताबाट कांग्रेस महाधिवेशनलाई शुभकामना News Polar स्थानीय तहमै पुगेर युवालाई रोजगारीसँग जोड्दै सीप तथा रोजगार मेला News Polar दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न News Polar बेत्रावतीको बेलीब्रिज दसैँअघि सञ्चालनमा आउने News Polar घिमिरेको प्रश्न– ‘अन्तिम पंक्तिमा उभिएको नागरिकको जीवन बदल्न सक्यौँ त ?’ News Polar काँग्रेसको १५ औँ महाधिवेशन केवल पद बाँडफाँटका लागि होइन, आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छः उपसभापति भुसाल News Polar कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि लामिछाने News Polar दसैँ नजिकिएसँगै काठमाडाैँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल News Polar आदिवासी जनजाति क्लस्टरबाट केन्द्रीय सदस्यमा विजय सम्बाहाम्फेको उम्मेदवारी News Polar कांग्रेसको १५औँ महाधिवेशनमा खुलामञ्च भरिभराउ, शीर्ष नेताको उपस्थिति News Polar तनहुँमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन प्रचण्ड खुलामञ्च पुगे News Polar कांग्रेस सभापति थापाको राजनीतिक प्रतिवेदन : सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव News Polar ‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’

कोरोना भाइरसको असर पुननिर्माणमा

कोरोना भाइरसको असर पुननिर्माणमा
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणले कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउनका कारण पुननिर्माणको कार्यमा असर पारेको बताएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले बुधबार न्यूज एजेन्सी नेपालका संबाददातासँग कुरा गर्दै कोरोना भाइरसको महामारीको असर पुननिर्माणको कार्यमा गम्भिर रुपमा परेको बताउनुभएको छ । २०७२ साल वैशाख १२ गतेको भूकम्प पछिको ५ वर्ष पूरा हुन दुईदिन बाँकी छँदा प्राधिकरणका सिइओ ज्ञवालीले लकडाउनका कारण अर्थतन्त्रमा गम्भिर असर गरेको र यसले पुननिर्माणको बजेटमा समेत असर पार्ने बताउनुभयो । उहाँले कोरोनाले राजस्व संकलनमा प्रभाव पार्ने र यसले प्राधिकरणको श्रोत व्यवस्थापनामा समेत असर पार्ने बताउनुभयो । तर निजी आवासको पुननिर्माणका लागि बजेट अभाव हुन नदिने उहाँले बताउनुभयो । यस्तै विद्यालय र स्वास्थ्य संस्थाको पूर्वाधारको पुननिर्माणमा पनि ध्यान दिइएको र विश्व बैंक लगायतका दातासँग छलफल भइराखेको उहाँले बताउनुभयो । यस्तै सरकारका विभिन्न निकायले पुननिर्माणको कामलाई निरन्तरता दिन सक्ने क्षमता राख्ने भएकाले पुननिर्माण प्राधिकरणको अवधि सम्पन्न हुँदा समेत कुनै फरक नपर्ने उहाँले बताउनुभयो । सिइओ ज्ञवालीले स्रोत साधनको कमिको कारण वा समय अभावको कारणले पुननिर्माणको काम प्रभावित नहुने समेत बताउनुभयो ।

सिइओ ज्ञवालीले कोरोनाले पारेको प्रभावले पुननिर्माणका बाँकी काम सम्पन्न गर्न चुनौती थपिदिएको समेत बताउनुभयो । उहाँले प्राधिकरणले अहिले सम्म निजी आवास पुननिर्माणको काममा ८८ प्रतिशत प्रगति भएको बताउनुभयो । अहिले सम्म ६३ प्रतिशत अर्थात ४ लाख ९४ हजार निजी आवास पुननिर्माण सम्पन्न भइसकेको र २५ प्रतिशत अर्थात १ लाख ९० हजार १ सय ४५ निजी आवास पुननिर्माणको चरणमा रहेको उहाँले बताउनुभयो । यस्तै अन्तिम किस्ता भुक्तानीका लागि प्रमाणिकरण गरिएका लाभग्राहीको संख्या ७२ प्रतिशत अर्थात ५ लाख ६१ हजार ६ सय ५० रहेको समेत उहाँले बताउनुभयो । निजी आवस पुननिर्माणका लागि ७ लाख ८१ हजार १ सय ७६ लाभग्राहीसँग अनुदान सम्झौता भएको छ ।

यस्तै भुकम्पबाट क्षतिग्रस्त ७ हजार ५ सय ३ विद्यालयमध्ये ७४ प्रतिशत विद्यालयहरु अर्थात ५ हजार ५ सय ९८ विद्यालयको पुननिर्माण सम्पन्न भइसकेको छ । १ हजार ४ सय ९२ अर्थात २० प्रतिशत विद्याय पुननिर्माणको क्रममा रहेका छन् । ३२ जिल्लाका ९ सय २० वटा सम्पदा मध्ये ४ सय २ वटाको पुननिर्माण सम्पन्न भइसकेको पनि सिइओ ज्ञवालीले बताउनुभयो । यसबाहेक १ सय ४१ सम्पदा पुननिर्माणको चरणमा छन् । काठमाडौं उपत्यका भित्र विश्व सम्पदा क्षेत्र भित्र रहेका १ सय ७० वटा सम्पदा मध्ये १ सय १ वटाको पुननिर्माण सम्पन्न भइसकेको छ भने ५४ वटा पुननिर्माणको क्रममा छन् । यसबाहेक १ हजार १ सय ९७ वटा क्षतिग्रस्त स्वास्थ्य संस्थामध्ये ६ सय ६९ वटाको पुननिर्माण सम्पन्न भइसकेको छ भने १ सय ४५ वटा पुननिर्माणको क्रममा छन् । स्वास्थ्य क्षेत्रमा ६८ प्रतिशत प्रगति भएको छ । यस्तै ४ सय १५ सरकारी भवन मध्ये ३ सय ४९ वटाको पुननिर्माण सम्पन्न भइसकेको छ । ४९ वटा पुन निर्माणको क्रममा छन् । सुरक्षा निकायका १ सय ९४ संरचनाको पुननिर्माण सम्पन्न भएको र २२ वटा पुननिर्माणको क्रममा चरणमा रहेको उहाँले बताउनुभयो ।

भूकम्पपछि असुरक्षित स्थानमा रहेका लाभग्राहीमध्ये ४ हजार २ सय ४ जना लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गाको व्यवस्था मिलाइएको र ८ हजार ७ सय ४४ लाभग्राहिका लागि जग्गा खरिद र अन्य वैकल्पिक व्यवस्थाद्धारा आवास पुननिर्माण गर्ने वातावरण प्राधिकरणले मिलाइ सकेको छ । यस्तै ४३ वटा एकीकृत वस्तीको योजना स्वीकृत भएको छ भने ९ वटाको पुननिर्माण सम्पन्न भइसकेको छ । २७ वटाको डिपिआर स्वीकृत भई निर्माणको तयारीमा छन भने ७९ वटा पुननिर्माण हुँदै छन् ।

विभिन्न जिल्लामा ७ सय ६२ किलोमिटर सडक पुननिर्माण गर्नुपर्नेमा ४ सय ४३ किलोमिटर सडक पुननिर्माण सम्पन्न भइसकेको छ । यस्तै ३ सय १९ किलोमिटर सडकको पुननिर्माण अन्तिम चरणमा पुगेको छ । खानेपानी विभाग मार्फत १ हजार वटा खानेपानी योजना सम्पन्न भएका छन भने १ सय वटा योजना कार्यान्वयनको चरणमा रहेका छन् ।

प्राधिकरणले अहिले सम्म ३ खर्ब ८१ अर्ब रुपैयाँ खर्च भएको समेत बताएको छ । पुननिर्माणका लागि अहिलेसम्म सरकार र दातृ निकायबाट ३ खर्ब ९ अर्ब रुपैयाँ र गैरसरकारी संस्थामार्फत ७२ अर्ब रुपैयाँ खर्च भएको छ ।