२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई भारतले सहयोगस्वरुप २३ टन औषधि उपलब्ध गरायो



अ+ अ-

काठमाडौं । नेपाल सरकारलाई भारतले सहयोगस्वरुप १८ थरीका २३ टन औषधि उपलब्ध गराएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा भारतीय राजदूत विनय क्वात्राले ती सामग्री स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेका हुन्।

विश्वव्यापी महामारीबाट प्रभावित बनेको यस्तो जोखिम र संकटपूर्ण अवस्थामा नेपालमा आवश्यक पर्ने औषधि भारतले सहयोग गरेकोमा स्वास्थ्यमन्त्री ढकालले धन्यवाद दिए। नेपालमा वर्षा सुरु हुन लागेकोले त्यो अगावै थप औषधि आए वर्षाको बेला महामारीसँग लड्न केही सहज हुने मन्त्री ढकालले बताए।

‘भारत आफैँ कोरोनाको संक्रमणसँग जुधिरहेको बेला नेपाललाई औषधि दिएर सहयोग गरेकोमा धन्यवाद,’ उनले भने, ‘वर्षा लाग्दैछ, त्यस्तो बेलामा महामारी फैलन सक्छ, त्यसअघि नै दोस्रो लटको औषधि पाए हामीलाई सजिलो हुन्थ्यो।’

राजदूत क्वात्राले भारत सरकारले दिने दोस्रो लटको औषधि केही समयपछि आउने बताउदै नेपालले कोरोनाको संक्रमण रोकेकोमा प्रशंसा गरे।

‘क्वत्राले भने, कोरोना नियन्त्रण गरेर नेपालले दक्षिण एसियामा उदाहरण प्रस्तुत गरेको छ,’ उनले भने।