१३ असार २०८३, शनिबार
,
Latest
नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकै दिन दुई जनाले जिते कोरोना



अ+ अ-

धनगढी । सुदूरपश्चिमका तेस्रो कोरोना संक्रमित डिस्चार्ज भएका छन् । कञ्चनपुरको बेदकोट नगरपालिका-९ का ४० बर्षीय ईन्द्रबहादुर बिकको चौथो रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरिएको हो ।

यसअघि सुदूरपश्चिममा कैलालीको लम्की चुहा नगरपालिकाका २१ बर्षीय राज बिक र धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय अमृत शाही निको भएर घर फर्किएका हुन् भने कञ्चनपुरको बेदकोट नगरपालिका ९ का ४० बर्षीय ईन्द्रबहादुर बिक बुधवार घर फर्केका हुन् ।

अब सेती प्रादेशिक अस्पतालमा धनगढी उपमहानगरपालिका वडा नम्वर ५ कि ३४ बर्षीय महिला र लम्की चुहा नगरपालिका वडा नम्वर १ कि ५२ बर्षीय महिलाको उपचार भईरहेको छ।

यस्तै राजधानीको नेपालका तेस्रो संक्रमित टेकु अस्पतालमा उपचार गराइरहेका धादिङका ३४ वर्षीय युवक निको भएर घर फर्किएका छन्। उनी चैत ६ गते १६० यात्रु बोकेको एयर अरेबियाको उडान नम्बर जी-९५३७ विमानमा नेपाल आएका थिए ।

पीसीआर परीक्षका क्रममा कोरोना पुष्टि भएपछि उनी चैत १२ गते भर्ना भएका थिए । उपचारका क्रममा पछिल्ला रिपोर्टहरु नेगेटिभ आएपछि उनी बुधबार डिस्चार्ज भएका हुन् ।