१० श्रावण २०८३, आईतवार
,
Latest
गत आर्थिक वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट चाइनाबजार ई–कमर्स प्लेटफर्म साउन १३ गतेदेखि सञ्चालनमा आउने वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल त्रिवि एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएपछि छानबिन समिति गठन एआईको भाषिक असन्तुलनले विकासशील देशहरूलाई कसरी पछाडि पार्दैछ? कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ किसानको खेतमै पुगेर प्राङ्गारिक मलको प्रयोग बढाउन मन्त्री चौधरीको आग्रह मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी सुनचाँदीको मूल्य बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

उर्जामन्त्री घिसिङको पहिलो निर्णयः डेडिकेटेड र ट्रंकलाइनको वक्यौता रकम असुल्न विद्युत प्राधिकरणलाई निर्देशन



अ+ अ-

काठमाडौँ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले पदभार ग्रहण गर्नुभएको छ ।

सोमवार दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उहाँले पदभार सम्हाल्नुभएको हो । मन्त्री घिसिङले डेडिकेटेड र ट्रंकलाइनको वक्यौता रकम असुल्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिने निर्णय पनि गर्नुभएको हो । पदबहालीलगत्तै उहाँले यस्तो निर्णय गर्नुभएको हो । त्यसलगत्तै उहाँले सम्बन्धीत मन्त्रालयका कर्मचारीहरुसँग छलफल गर्दै हुनुहुन्छ ।

उहाँले प्राधिकरणको कार्यकारी निर्देशक हुँदा बक्यौता असुल्ने प्रयास गर्नुभएको थियो । तर, तत्कालीन सरकारले यसमा रोकावट गरेको थियो । विगत एक दशक यता सधैँ चर्चाको शिखरमा रहिरहेका कुलमान घिसिङ उर्जामन्त्रीको जिम्मेवारीमा आउनुभएको छ ।  करिव आठ वर्षअघि घिसिङले पहिलो पटक विद्युत प्राधिकरणको नेतृत्व सम्हालेका बेला नेपाल ’लोडशेडिङमुक्त’ घोषणा गरिएको थियो ।

विसं २०७३ सालकै तिहारबाट शहरहरूमा ‘लोडसेडिङ’ सकिएको जनाउँदै २०७५ साल वैशाखमा पूरै देशलाई करिव डेढ दशकदेखि विद्युत आपूर्तिमा जारी नियमित अवरोधबाट मुक्त बनाइएको थियो । घिसिङले नै मुलुक अप्ठ्यारो परिस्थितिमा ग्रुजिरहेकै बेला उर्जामन्त्रीको रुपमा जिम्मेवारी सम्हाल्नुभएको हो ।

अघिल्लो सरकारसँग टकराव
विसं २०७८ साउनमा पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा घिसिङ दोस्रो पटक प्राधिकरण प्रमुखमा घिसिङ नियुक्त हुनुभयो । तत्कालीन ओली सरकार र उहाँबीच टकराव देखियो । ऊर्जा, जलस्रोत एवं सिंचाईमन्त्री दीपक खड्का र उहाँबीचको कहिल्यै कुरै मिलेन ।

खास गरी उद्योगहरूमा डेडिकेटेड र ट्रङ्क लाइनको महशुल नतिरेका कारण प्राधिकरणले त्यहाँको विद्युत काट्ने र त्यसो गर्न नदिने मन्त्री–प्रधानमन्त्रीको जोडबलसँग विवाद भएको थियो । त्यससम्बन्धी विद्युत महशुलको विषयमा विवाद चर्किँदै गर्दा उद्योगीहरूको लाइन काट्ने घिसिङको कदमसँग तत्कालिन केपी ओली नेतृत्वको सरकार असन्तुष्ट बनेको थियो र उहाँलाई सोही सरकारले ६ महीनाअघि पदबाट च्युत गराएको थियो ।