२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जेनजी’ प्रदर्शनका क्रममा मृत्यु हुनेलाई सरकारद्वारा सहिद घोषणा



photo: rss
अ+ अ-

काठमाडौँ । सरकारले यही भदौ २३ र २४ गते भएको ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा मृत्यु भएकाहरुलाई सहिद घोषणा गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पदभार ग्रहण गर्नुहुँदै नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सो घोषणा गर्नुभएको हो । उहाँले भन्नुभयो, “मुख्य सचिवसँगको छलफलपछि सो प्रदर्शनका क्रममा ज्यान गुमाएका परिवारलाई रु १० लाख क्षतिपूर्ति दिने निणर्यमा मैले हस्ताक्षर गरेकी छु ।”

यसैगरी, प्रदर्शनका क्रममा घाइते हुनेहरुलाई उपचार खर्चसहित केही राहत उपलब्ध गराउने, मृतकका परिवार काठमाडौँमा बस्दा लागेको खर्च व्यहोर्ने, मृतकको शवलाई  स्थानीय तह ९गाउँ०सम्म लैजान आवश्यक व्यवस्था गर्ने निर्णय भएको प्रधानमन्त्री कार्कीले जानकारी दिनुभयो ।

सरकारका मुख्यसचिव एकनारायण अर्यालले भन्नुभयो, “समाजका सबै बौद्धिक वर्ग, सञ्चारकर्मी, सुरक्षा निकायलगायत आमनेपाली जनता, नेपालमा बस्नेमात्रै होइन, विदेशमा बस्ने सम्पूर्ण नेपाली समुदायले पनि नेपालको विकास र निर्माणको सुरुआत गर्नुपर्ने अवस्था सिर्जना भएको छ, हामी सबैले आआफ्नो ठाउँबाट सोहीबमोजिम योगदान गर्नुपर्नेछ ।”