१० श्रावण २०८३, आईतवार
,
Latest
किसानको खेतमै पुगेर प्राङ्गारिक मलको प्रयोग बढाउन मन्त्री चौधरीको आग्रह मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी सुनचाँदीको मूल्य बढ्यो सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित ‘कालोपत्रे सडक निर्माणसँगै फेरियो घ्याङलेखवासीको दैनिकी’ सरकारलाई कुलमान घिसिङकाे प्रश्नः उद्योगको अर्बौं बक्यौता असुलीमा किन मौन? नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमवार उद्घाटन गरिँदैः तत्कालका लागि आकस्मिक सवारीलाई मात्र अनुमति वेस्ट बैंकमा घातक आक्रमणपछि इजरायली सेनाद्वारा ‘वृहत’ सैन्य कारबाहीको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन जी आन्दोलनको हत्यामा संलग्नमाथि कारबाही नभए पुनः सरकार ढालिन्छः सुदन गुरुङ



अ+ अ-

काठमाडौँ । जेन जी आन्दोलनका अभियन्ता सुदन गुरुङले पीडितहरुको माग तत्काल पूरा गर्न सरकारसँग माग गर्नुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उहाँले शहीद परिवारको माग भोली (सोमबार) बिहानसम्म सम्बोधन नभए सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार पनि ढल्ने चेतावनी समेत दिनुभयो । पीडितले न्याय पाउने कुरा सुनिश्चित नभए सरकार फेरि पनि ढल्ने अभियन्ता गुरुङको जिकिर थियो । नवनियुक्त प्रधानमन्त्री कार्कीले सिंहदरवार पुगेर पदभार ग्रहण गरेको केहीबेरमा नै उहाँले सो प्रतिक्रिया दिनुभयो ।

अभियन्ता गुरुङले भन्नुभयो, हाम्रो माग अझै पनि पूरा भएको छैन । जारी छ । म एक्लै भएपनि आन्दोलन जारी छ । मलाई इण्डियन, चाईनिज जे भनेपनि मेरो निम्ति देश ठूलो हो, लडछु । भोली बिहानसम्म उनीहरुको माग पूरा हुन्छ । माग पूरा नभए सरकार फेरी पनि ढल्छ । जुन सरकार पनि जनताको हुनुपर्छ । पिपुल पावर भन्छ, पावर जहिले पनि नेताको हुन्छ । अहिले जनताको एक्सेस भएको छ । त्यो कहिल्यै यस अघि भएको थिएन । पीडितले न्याय पाउने कुरा कन्फर्म त भएको छैन । त्यो नभएसम्म जुनै सरकार आएपनि ढल्छ । टेनसन नलिए हुन्छ । म छु–एक्लै भएपनि लड्छु ।’

कार्यक्रममा शहीद परिवारका सदस्यहरुले पनि जेनजी आन्दोलन दमन गरी हत्या गर्ने काममा संलग्नहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका थिए । शहीद प्रविण कुलुङका दिदी अनिता कुलुङले सो आन्दोलनमा दमन गरी हत्या गर्ने कार्यमा संलग्नलाई कारवाही गर्न प्रधानमन्त्री कार्कीसँग माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो आमा हामीलाई साथ दिन सम्माननीय प्रधानमन्त्री हुनुहुन्छ । पक्कै पनि एउटा आमाले आमाले पीडा बुझ्छन् । र उहाँले हामीलाई निकासको लागि यत्रो जुन बलिदानी भएको छ । अबोध बालबालिकाहरुको हत्या गरेको छ । यसको छानविन गरी दोषीलाई हदसम्मको सजाय दिनुहुन्छ भन्नेमा हामी विश्वस्त छौं । त्यो होस भन्नेमा पनि माग गर्न चाहन्छौं । नभएको खण्डमा हामी चुप लागेर बस्ने छैनौं ।

सरकारले आजै सो आन्दोलनको क्रममा मृत्युवरण गरेकाहरुलाई शहीद घोषणा गरी उनीहरुलाई जनही १० लाखका दरले क्षतिपुर्ति दिने निर्णय गरिसकेको छ ।