१० श्रावण २०८३, आईतवार
,
Latest
गत आर्थिक वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट चाइनाबजार ई–कमर्स प्लेटफर्म साउन १३ गतेदेखि सञ्चालनमा आउने वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल त्रिवि एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएपछि छानबिन समिति गठन एआईको भाषिक असन्तुलनले विकासशील देशहरूलाई कसरी पछाडि पार्दैछ? कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ किसानको खेतमै पुगेर प्राङ्गारिक मलको प्रयोग बढाउन मन्त्री चौधरीको आग्रह मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी सुनचाँदीको मूल्य बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिषेक बच्चनलाई दिल्ली उच्च अदालतबाट राहत



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनपछि उनका पति तथा अभिनेता अभिषेक बच्चनले पनि दिल्ली उच्च अदालतबाट राहत पाएका छन् ।

अदालतले अनलाइन प्लेटफर्महरूलाई अभिषेकको अनुमति बिना उनको नाम, तस्वीर र आवाज प्रयोग नगर्न आदेश दिएको छ । साथै, एआई प्रविधिबाट तयार पारिएका उनका फर्जी तस्वीर र भिडियो प्रयोग गर्न पनि अदालतले अस्थायी रोक लगाएको छ ।

यस मुद्दाको सुनुवाइ न्यायाधीश तेजस करियाले गरेका हुन् । सुनुवाइका क्रममा उनले अभिषेक बच्चनको तर्फबाट प्रस्तुत दलील र प्रमाणको अध्ययन गर्दा पहिलो नजरमै दावी बलियो देखिएको उल्लेख गर्दै, सम्भावित क्षति रोक्नका लागि एकपक्षीय अन्तरिम राहत दिनु उचित हुने बताएका थिए ।

अभिषेक बच्चनले १० सेप्टेम्बर, बुधबार अदालतमा याचिका दायर गरेका थिए । याचिकामा उनले आफ्ना पब्लिसिटी र पर्सनालिटी अधिकार (जनतामाझको छवि र व्यक्तित्व अधिकार) सुरक्षित गर्न माग गरेका थिए ।

साथै, वेबसाइट र अनलाइन प्लेटफर्महरूले उनको छवि, नाम, हस्ताक्षर र विशेषगरी यौन सामग्रीसँग जोडिएका फर्जी भिडियो प्रयोग नगर्न अनुरोध गरेका थिए । यसअघि मंगलबार उनकी पत्नी ऐश्वर्या राय बच्चनले पनि आफ्ना व्यक्तित्व अधिकारको सुरक्षाका लागि अदालतमा याचिका दायर गरेकी थिइन् ।

पहिलो सुनुवाइमा अभिषेकको पक्षबाट वकिल प्रविन आनन्दले अदालतलाई जानकारी दिँदै भने, “धेरै प्रतिवादीहरूले एआई प्रविधि प्रयोग गरेर नकली भिडियो र तस्वीर बनाइरहेका छन् । ती सामग्रीमा अभिषेक बच्चनको नाम, फोटो र नक्कली हस्ताक्षर समेत प्रयोग गरिएको छ ।”

अन्य कलाकारका पर्सनालिटी अधिकार

ऐश्वर्या र अभिषेक बच्चनअघि पनि अन्य बलिउड कलाकारहरूले आफ्ना छवि र व्यक्तित्व अधिकारको सुरक्षा माग्दै अदालत धाएका थिए । यसै वर्ष मे महिनामा अभिनेता ज्याकी श्रफले आफ्नो छवि र भिडियो परिवर्तन गरेर बिना अनुमति मर्चेन्टाइज बेचिएको भन्दै उजुरी दिएका थिए । त्यतिबेला अदालतले उनको पर्सनालिटी र पब्लिसिटी अधिकार सुरक्षित गरेको थियो ।

सन् २०२३ मा अदालतले अभिनेता अनिल कपूरको छवि, आवाज र “झकास” क्याचफ्रेजको दुरुपयोगमा रोक लगाएको थियो । त्यस्तै, सन् २०२२ नोभेम्बरमा अमिताभ बच्चनको व्यक्तित्व र पब्लिसिटी अधिकारको पनि अदालतले सुरक्षा प्रदान गरेको थियो ।