५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आखिर ‘आमा’ भन्ने शव्द छ र त



अ+ अ-

नौ महिना गर्बमा राखी धर्तीमा पैदा गरायौ
पहिलो आलिंगनमा च्याप्प च्यापी
मायाको स्पर्श दियौ
निधार चुम्यौ,गाला चुम्यौ
प्रशव पीडा बिर्सेर आलिंगनमा खप्लक्क च्याप्यौ
प्रशव वेदनालाई झट्टै बिर्सेर आफनो
संतानलाई छाती चुसाएर बाँच्ने आधार दियौ

बिस्तारै बिस्तारै आफनो संतानलाई
जीउने कला सिकायौ,
पछयाउँदै पछयाउँदै ठूलो बनाउने
मायाजालमा बाँधी राख्यौ,
खुवाउन, बोल्न सिकायौ,तातेताते गरी हिडन सिकायौ
पहिलो शव्दको पहिलो अक्षर आ-आ सिकायौ
पछि मा(मा जोडदै संतान ‘आमा’ भन्न थाल्दा खुशी भयौ
मायाको टेको दिएर तातेताते गरी हिडन सिकायौ
बोलीको आकर्षणले को-खाई को-खाई गरेर खुवाउन सिकायौ
बोल्न,हिडन,खान सिक्दा तिमीले मुहार उज्यालो बनायौ
तिम्रा हरेक स्पर्शले संतानलाई अझ बढी रत्यायौ
तिम्रा हरेक प्रयास र स्पर्श संतानको जीवनको आधार बनायौ ।।

संतान हुर्कदै जाँदा संस्कार सिकायौ
शिक्षा पालनपोषणका लागि पीतालाई कर्मजीवी बनायौ
आफना संतान संस्कारी,शिक्षित र परिपक्व पश्चात
ब्यबहार सिकायौ, कर्म सिकायौ
परिवार, नाता कुटुम्व, समाज र राष्ट्रपतिको दायित्व सिकायौ
जीवनको अन्तिमसम्म पनि संतानको रेखदेखमा बितायौ ।।।

आखिर आमा तिमीनै धर्ती, तिमीनै जननी हौ
तिम्रै अदभुत,माया,ममता र त्यागले यो मानव जीवन सार्थक बनेको छ
आखिर ‘आमाू’भन्ने शव्द छ र त
माया छ, प्रेम छ,संस्कार छ र जीवन जीउने आधार छ ।।।।

रचना : विदुरचन्द्र लामिछाने