२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीडादायी क्षणलाई पछाडि छोड्दै वर्तमानलाई अवसरका रूपमा लिन्छौ: करण चौधरी



अ+ अ-

काठमाडौं । प्रतिष्ठित व्यवसायी तथा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले विगतका पीडादायी क्षणलाई पछाडि छोड्दै वर्तमानलाई अवसरका रूपमा लिनुपर्ने बताउनु भएको छ ।

जेनजी आन्दोलनका नाउँमा भएको विध्वंशले अटोमोबाइल क्षेत्रमा ठूलो क्षति पुगे पनि आफूहरु हार नमान्ने उहाँले जनाउनु भएको छ ।सामाजिक संञ्जालमा एक सन्देश राख्दै उहाँले नेपाललाई नयाँ उचाइमा पुर्‍याउने अवसर आएको र देश पुन:निर्माणप्रति दृढ संकल्प व्यक्त गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ ‘हिमाल सार्न जरुरी छैन, तर हरेक दिन, हरेक काममा आफ्नो प्राणको पसिना हालेर १०० प्रतिशत दिने हाम्रो दायित्व हो ।’

सीजी मोटोकर्पले बिक्री गर्ने सुजुकीको थापाथलीस्थित शोरुम पनि प्रदर्शनकारीले जलाएका थिए।

चौधरीले लेख्नुभएको छ ।

प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू,

गत केही दिनहरूले हामीलाई एउटा सत्य सिकाएका छन्, जब आवाजहरू एकताबद्ध हुन्छन्, तब त्यो आवाज परिवर्तनको गर्जन बन्छ । त्यो परिवर्तन, जसले हाम्रो पुस्ता मात्र होइन, हाम्रो सन्तानको भविष्य उज्यालो बनाउँछ । हो, केही पीडादायी क्षणहरू भए, जसलाई हामी सबैले चाहेनौँ । तर, विगतलाई हामी पछाडि छोडिसक्यौँ । आजको दिन हाम्रो हातमा छ । अहिलेको जिम्मेवारी हाम्रो काँधमा छ ।

यो हाम्रो क्षण हो, नेपाललाई नयाँ उचाइमा पुर्‍याउने अवसर हो । आउनुहोस्, हामी सबैले वाचा गरौँ, सचेत नागरिक बन्ने, अनुशासनलाई आफ्नो धर्म ठान्ने र मातृभूमिको सेवामा आफ्नो सम्पूर्ण शक्ति अर्पण गर्ने । हिमाल सार्न जरुरी छैन, तर हरेक दिन, हरेक काममा आफ्नो प्राणको पसिना हालेर १०० प्रतिशत दिने हाम्रो दायित्व हो ।

म यो भूमिको माटोसँग शपथ लिन्छु, मेरो हृदयको हरेक धड्कन, मेरो रगतको हरेक थोपा, यस राष्ट्रको सेवामा समर्पित हुनेछ । म पुन: निर्माण गर्नेछु, बलियो बनाउनेछु र नेपाललाई अघि बढाउनेछु ।

यो देशले हामीलाई सबैथोक दिएको छ । अब हाम्रो पालो हो । हामी सबै मिलेर नेपाललाई केवल महान् मात्र होइन, विश्वकै अगाडि झन् उज्यालो र गौरवशाली बनाउनेछौँ । यही मेरो आत्माको गहिरो प्रतिज्ञा हो, यही मेरो अमर वाचा हो ।

जय नेपाल !




भर्खरै