१० श्रावण २०८३, आईतवार
,
Latest
अमेरिकाले इरानमाथिको आक्रमण रोक्यो, कारणबारे फरक–फरक रिपोर्ट गत आर्थिक वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट चाइनाबजार ई–कमर्स प्लेटफर्म साउन १३ गतेदेखि सञ्चालनमा आउने वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल त्रिवि एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएपछि छानबिन समिति गठन एआईको भाषिक असन्तुलनले विकासशील देशहरूलाई कसरी पछाडि पार्दैछ? कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ किसानको खेतमै पुगेर प्राङ्गारिक मलको प्रयोग बढाउन मन्त्री चौधरीको आग्रह मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अप्राकृतिक गठबन्धनमा रहेको अहंकारका कारण सरकारी तथा निजी भौतिक संरचना र दस्तावेज नष्ट भएः माओवादी



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले अप्राकृतिक गठबन्धनमा रहेको अहंकार, नालायकी र कुशासनका कारण सरकारी तथा निजी भौतिक संरचना र दस्तावेज नष्ट भएको आरोप लगाएको छ ।

शुक्रवार नेकपा माओवादी केन्द्रका उपाध्यक्षद्वय कृष्णबहादुर महरा र अग्नि सापकोटाले संयुक्त रुपमा जारी गर्नुभएको विज्ञप्तिमा यस्तो आरोप लगाइएको हो । जेन जी पुस्ताको आन्दोलनका क्रममा भएका घटनाहरुको निष्पक्ष, स्वतन्त्र र न्यायिक छानविन गरी दोषीमाथि कारबाही हुनुपर्ने विज्ञप्तीमा उल्लेख छ । नयाँ पुस्ताले देशको भविष्यप्रति बोकेको आकांक्षा, इमान्दार सोच र परिवर्तनप्रतिको दृढ चाहनालाई यो आन्दोलनले प्रकट गरेको बताइएको छ ।

जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन लगायतका बलिदानपूर्ण आन्दोलनहरूले नेपाली जनतालाई संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याएको र जेन जीको हिलेको आन्दोलनको भावनालाई पनि यिनै ऐतिहासिक आन्दोलनको निरन्तरता मान्न सकिने उल्लेख छ । आन्दोलनभित्र घुसेर प्रतिगामी तत्वहरूले तोडफोड, आगजनी र विध्वंस गरेर बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त उपलव्धिहरूलाई उल्ट्याउने कुचेष्टा गरिएको आरोप लगाइएको छ ।

संविधान कार्यान्वयन तथा सरकार सञ्चालनका क्रममा भएका कमीकमजोरी र कार्यशैलीमा देखापरेका त्रुटीहरूको स्वीकार र गम्भीर समीक्षा गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुपर्ने बताइएको छ । संघीय संसदबाट तत्काल आवश्यक कानून निर्माण गरी मुलुकलाई नयाँ जनादेशमा लैजाने मार्ग वैधानिक र उपयुक्त विधि हुने र आन्दोलनकारी युवाका प्रतिनिधिलाई समेत समेटेर संविधानबमोजिम नयाँ सरकारको निर्माण गर्नु नै अहिलेको उत्तम विकल्प भएको जिकिर गरिएको छ ।

नयाँ सरकारको पहिलो र प्राथमिक काम स्वच्छ र निष्पक्ष निर्वाचन गराउनु हुने र ध्वस्त संरचनाको पुनर्निर्माण तथा सुशासनलाई ध्यान दिँदै नागरिकमा आशा जगाउने काम गर्नुपर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ । संविधानले निर्दिष्ट गरेका मौलिक हकका विषयलाई कानून बनाएर इमान्दारीपूर्वक कार्यान्वयन गर्नसक्दा आन्दोलनकारी जेन्जी युवाले उठाएका मागमा सहमति गरेर संवैधानिक व्यवस्था, विधि, प्रक्रिया र पद्धतिको हिसावले अगाडि लैजानु श्रेयस्कर हुने पनि बताइएको छ ।

विज्ञप्तीमा भनिएको छ—‘जेन जी पुस्ताले आह्वान गरेको आन्दोलनका क्रममा आफ्नो जीवन गुमाएका नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । आन्दोलनका क्रममा भएका घटनाहरूको निष्पक्ष, स्वतन्त्र र न्यायिक छानविन गरी दोषीमाथि कडा कारबाहीको माग पनि गर्दछौं । नयाँ पुस्ताले देशको भविष्यप्रति बोकेको आकांक्षा, इमान्दार सोच र परिवर्तनप्रतिको दृढ चाहनालाई यो आन्दोलनले प्रकट गरेको छ । जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन लगायतका बलिदानपूर्ण आन्दोलनहरूले नेपाली जनतालाई संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याएको छ । जेन्जीको अहिलेको आन्दोलनको भावनालाई पनि यिनै ऐतिहासिक आन्दोलनको निरन्तरता मान्न सकिन्छ । तर आन्दोलनभित्र घुसेर प्रतिगामी तत्वहरूले तोडफोड, आगजनी र विध्वंस गरेर बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त उपलव्धिहरूलाई उल्ट्याउने कुचेष्टा गरेका छन्, गरिरहेका छन् । अप्राकृतिक गठबन्धनमा रहेको अहंकार, नालायकी र कुशासनका कारण सरकारी तथा निजी भौतिक संरचना र दस्तावेज नष्ट हुन पुगेका छन् । यस्ता प्रतिगामी हर्कतहरूका विरुद्ध परिवर्तन र अग्रगमनका पक्षधर शक्तिहरूलाई एकजुट हुन समेत अपिल गर्दछौँ । संविधान कार्यान्वयन तथा सरकार सञ्चालनका क्रममा भएका कमीकमजोरी र कार्यशैलीमा देखापरेका त्रुटीहरूको स्वीकार र गम्भीर समीक्षा गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुपर्दछ । नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट स्थापित लोकतान्त्रिक गणतन्त्र, संघीयता, समानुपातिकता, समावेशीता, धर्मनिरपेक्षता जस्ता मूलभूत उपलब्धिहरूको संरक्षण गर्नु सबैको दायित्व हुन्छ । ऐतिहासिक संविधानसभाबाट निर्माण गरिएको नेपालको संविधानको परिधिमा रहेर परिवर्तनका पक्षधर सबैको मागलाई सम्बोधन गर्दै अग्रगमनको दिशातिर अगाडि बढ्नुपर्दछ । राष्ट्रपतिज्युबाट भइरहेको पहल स्वागतयोग्य छ । संघीय संसदबाट तत्काल आवश्यक कानून निर्माण गरी मुलुकलाई नयाँ जनादेशमा लैजाने मार्ग वैधानिक र उपयुक्त विधि हुनेछ । आन्दोलनकारी युवाका प्रतिनिधिलाई समेत समेटेर संविधानबमोजिम नयाँ सरकारको निर्माण गर्नु नै अहिलेको उत्तम विकल्प हो । नयाँ सरकारको पहिलो र प्राथमिक काम स्वच्छ र निष्पक्ष निर्वाचन गराउनु हुनेछ भने ध्वस्त संरचनाको पुनर्निर्माण तथा सुशासनलाई ध्यान दिँदै नागरिकमा आशा जगाउने काम गर्नुपर्नेछ । संविधानले निर्दिष्ट गरेका मौलिक हकका विषयलाई कानून बनाएर इमान्दारीपूर्वक कार्यान्वयन गर्नसक्दा आन्दोलनकारी जेन्जी युवाले उठाएका मागमा सहमति गरेर संवैधानिक व्यवस्था, विधि, प्रक्रिया र पद्धतिको हिसाबले अगाडि लैजानु श्रेयस्कर हुन्छ ।’