५ श्रावण २०८३, मंगलवार
,
Latest
बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसले देशभित्रै रोजगारी सिर्जना गर्ने सपना देख्नुपर्छः महामन्त्री थापा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आजको नेपाली काँग्रेसले देशमा नै रोजगारी सिर्जना गरेर युवा पलायन रोक्ने सपना देख्नुपर्ने बताउनुभएको छ ।

शनिवार काठमाडौँ मा आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । हाल देशमा पुर्वाधार विकाससँगै धेरै कुराहरु बदलिएको उहाँको भनाई छ । बदलिँदो परिवेशमा मानिसका आकांक्षाहरु पनि बढेको उल्लेख गर्नुहुँदै उहाँले जुन स्वभाविक भएको बताउनु भयो । नेपालबाट धेरै युवाहरु रोजगारीको लागी विदेशमा जाने गरेकोले त्यसलाई रोक्न नेपालमा नै आकर्षक रोजगारी सिर्जना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

हाल कोरिया काम गर्न गएको मान्छेले मासिक दुई लाख वचत गर्ने उल्लेख गर्नुहुँदै नेपालमा पनि सोही बराबरको आम्दानी हुने गरी रोजगारी सिर्जना गर्नुपर्ने बताउनु भयो । हाल ५० हजार भन्दा बढीले राम्रो रोजगारी पाउन नसकेको उहाँको भनाई छ । नेपालका युवाहरुलाई नेपालभित्रै बसेर राम्रो आम्दानी हुन सक्ने अवस्था निर्माण गर्न काँगेस लाग्नुपर्ने उहाँको भनाई छ । काँग्रेसका लागी सरकारमा बस्ने, टिक्ने, रहने वा नरहने भन्ने गौण कुरा हुनुपर्ने उहाँले बताउनु भयो । उहाँले काँग्रेसले देखेको सपनालाई आम नागरिकको सपना बनाउन सक्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘देशभरी पूर्वाधार बनेको छ । देशभरी विकास भएको छ , थुप्रै कुराहरु बदलिएको छ । तर यो बदलिएको सँगसँगै मान्छेहरुको आकंक्षाहरु पनि बढेको छ । जुन स्वभाविक हो । हाम्रा मानिसहरु बाहिर काम गर्न गएका छन् । म अस्ति कोरिया गएर आए, कोरियामा एउटा केटोले महिनाको बचत दुई लाख छ । कमाई अडाई लाख छ । मेरो देशमा अहिले वर्षको पाँच लाख रोजगारी सिर्जना गर्नपर्छ । मैले त्यो दुई लाख दिने, एक लाख दिने तलब दिएर कति जना रोजगारी सिर्जना हुन्छ, देशमा अहिले । ४०÷५० हजार मान्छे भन्दा बढीले गुणस्तरको काम पाएको अवस्था छैन ।

लाखौँ मान्छेलाई रोजगारी सिर्जना गर्नुपर्ने अपस्था छ । त्यो पनि फेरि सामान्य रोजगारी सिर्जना गरेर हुँदैन । राम्रो आम्दानी हुने रोजगारी सिर्जना गर्नुपर्नेछ ।  आजको नेपाली कांग्रेसले देख्ने सपना भनेको म नेपालका केटाकेटीहरुलाई नेपाल भित्रै बसेर राम्रो आम्दानी हुन सक्ने अवस्था निर्माण गर्छु । यसका निम्ती जे पनि गर्छु, मेरो लागी मुख्य कुरा यो हो अहिले । मेरो लागी सरकारमा बस्नु, सरकारमा टिक्नु, सरकारमा रहने नरहने भनेको गौण कुरा हुन् । म आजको दिनमा पहिला यो सपना देख्छु, त्यो सपनालाई समात्छु, त्यो प्रति एउटा विश्वास राख्छु । र मैले देखेको सपनालाई आम नागरिकको सपना बनाउँछु । र यो सपना पुरा गर्नको निम्ति यो प्रतिवद्ध छ भन्ने भरोसा दिलाउँछु ।’ 

विपी कोईरालाले नेपालीलाई गरिबीबाट बाहिर निकाल्ने सपना देखेको उल्लेख गर्नुहुँदै उहाँले आजको काँग्रेसले युवालाई देशभित्रै बस्ने वातावरण बनाउने लक्ष्य राख्नुपर्ने बताउनु भयो ।