१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

कथा : म रुदिननी…..

कथा : म रुदिननी…..
अ अ+ अ-

ठेला उठेको हातमा हेर,
पसिना त बगेको हुन्छ,
पसिनाको नदी हेर
त्यो पनि त निलो हुन्छ
हामीमाथिको आकाश हेर
त्यो पनि त निलो हुन्छ
निलो रंग शान्तिको रंग……………

विद्यालयमा हरेक दिन गाईने यो राष्ट्रिय गीत छोराले गुनगुनाउँदै घर आउँदा उनि कम्ता खुशी हुन्नथिन । सँधै भन्ने गर्थिन बावु जीवनमा ठेला उठ्ने गरि मेहनत गनुृपर्छ ।पसीना बगाउनु पर्छ अनि मात्र आकाशमा उड्न पाईन्छ अनिमात्र सुख र शान्ति प्राप्त हुन्छ ।
छोरा कुरा बुझे जस्तो, मुसुक्कहाँस्थ्यो र भन्थ्यो….आमा छिटो खाजादिनुन.. मलाई हतार छ क्या… ।कति हतारो हो यल्लाई… बिहान स्कुल जाँदा पनि हतार हतार… अहिले आएपछि पनि हतारो… आईज हात मुख धोएर…खाजा ठिक्क छ ।

तर ठेला उठ्ने गरि मेहनत गर्न र पसीना बगाउन गएको छोरो आजनिलो रंगमा बेरिएर निलो आकाशकै बाटो आएर उनको अगाडी सुतिरहेको छ । तर उसले शान्ति लिएर आएको छैन…. उनका लागि मनभरी अशान्ति र पीडा लिएर आएको छ ।

आर्यघाटमा वाग्मती किनारमा निलो कफिन भित्रउनको छोरा छ….उनलाई यति थाहा छ । त्यहि कफिनलाई कहिले सुम्सुम्याउँछिन कहिले अंगालो मार्छिन र कहिले आफ्नै टाउको ठोक्छिन र भन्छिन खाईस ……। उनका ओठहरु चलिरहेकाछन्… त्यसवाट के शब्द निस्किरहेछ शायद उनलाई नै थाहा छैन ।

आँखा पुननिर्माणमा ढिलाई गरेर कुरुपपारिएको रानीपोखरी जस्तो सुख्खा छ । अनुहारमाकुनै भाव छैन । कसैलाई हेर्ने फुर्सद पनिउनलाई छैन । वरिपरी मानिस झुम्मिएका छन् । चिनेका भन्दानचिनेका धेरै छन् । श्रद्धान्जली भन्दा रमिता धेरै छ । मृत्यु यात्राको रमिता । पीडाको रमिता ।तर रमितामा रमाईलो छैन ।

नेपाली समाजको पछिल्लो मन कुँडिने यस्ता यर्थाथबाट मनहरु उदास छन् । सबै जोडी आँखाहरु एकोहोरो उनलाई नै हेरिरहेका छन् ।

कफिनमाथि राखिएका सेता कपडा… फुल अनि अबिर उनले हटाईदिन खोजिन । लाग्यो होला उनलाई कतै कफिन भित्र छोरा जिउँदै छ की… किन सेता कपडा र फुल अहिलेनै तयार पार्नु ।
विद्यालयवाट फर्केपछि उनि छोराको हात समातेर भन्ने गर्थिन,बावु धेरै पढ्नुपर्छ । छोरा भन्ने गथ्र्यो,आमा म धेरै पढेर काम गर्छु… धरै पैसा कमाउँछु अनि हजुरलाई सुख्खसँग पाल्छु नी । आमा त्यसै त्यसै भित्र मनैदेखि गदगद हुँदै दंगपर्थिन अनि सम्झिन्थिन छोरा जन्मिएको दिन…।
सन्तान प्राप्तिको दिन कुन आमालाई असिम खुशी नहोला.. उनि पनि छोरालाई म्वाई खान्थिन.. भविश्यमा मेहनत गर्न हातखुट्टा बलियो पार्न लाई तेल लगाएर मालिस गर्थिन… आँखामा गाजल र गाजलकै टीका लगाईदिएर आफ्नै छोरालाई दंग परेर हेर्थिन.. अनि फेरी एकपटक घामले तातेर रातो भएको गालामा म्वाई खान्थिनर दुधका धारा उसको मुखमा राखिदिएर आनन्दित हुँदै छातिमा टाँस्थिन । छोरा दुधखाएर निदाउन लाग्दा उनि छोराको भविश्यको कल्पना गर्थिन । धेरै पढ्नेछ.. मेहेनत गर्नेछ अनि सुख र शान्ति घरमा ल्याउनेछ । उसका साना हातका साना साना औंला खेलाउँदै उनि मनमनै भन्थिन बाबु यि औंला धेरै खियाउनु छ जिन्दगिमा ।

तर उनले चाहेजस्तो भएन…कफिन माथिको सेता कपडा र फुल हटाउन खोज्दा कसैले भन्यो यो अहिले यहि हुनदिनु न आमा…..। आमा शब्दले उनिझसंग भईन….र कफिनलाई सुम्सुम्याईन भित्रबाट आमाभनेर छोराले बोलाउँछकी भनेर एकोहोरिईन… अँह छोरा बोलेन… बोल्दै बोलेन ।
हेर्दा हेर्दै आर्यघाटमा भएका मानिस सबै उनको वरिपरि जम्माभए कोहि दाउरा ल्याउनलागे कोहि पराल.. कोहि चिता सजाउनथाले त कोहि घिउ बातिको जोहो गर्न थाले । कसैले भन्यो ल अब कफिनखोलौं …. ।

बजार जाँदा आमाका हातको औंला समात्न छाडेर उ छिटो छिटो दौडने गथ्र्यौ । दौडिन नसकेर स्वाँ स्वाँ सास फुलाउँदै आमा कराउँथिन ए पर्खिन… । उ भन्थ्यो, आमा छिटो आउनुन ढिला भईसक्यो क्या…. । कति दौडिन्छ,जहिल्यै हतारो यसलाई…।

आमा तपाँई अब उतागएर बस्नु.. कफिन अंगालो हालेर भुँईमा बसिरहेकी उनलाई कसैले भन्यो तर उनि उठिनन….। कसैले समातेर उठायो…उनि उठिन तर पछाडी सरिनन… ।
आमाले छोराको शव देखेपछि भक्कानिएर रुनेछिन्.. उनलाई गाह्रो हुनेछ.. कतै मुर्छा नै पर्छिन कि भनेर उनलाई अलिपर लानखोज्दै थिए सबैजना…। तर तान्नखोज्ने हात पन्छाउँदै उनले भनिन…… म यहि बस्छु नी…. मलाई उता नलैजाओ न…. म रुदिंननी ………………..।

हल्लाकाबीचमा पनि शुन्यता छायो । कसैले जवाफ दिएन.. उनि अचल भएर त्यहि उभिरहिन……।
विद्यालय सकेपछि छोरा क्याम्पस पढ्न शहर जाने भयो । उनलाई आँखाबाट ओझेल पार्न मन थिएन छोरालाई । तर आफैले मेहेनत गर्न सिकाएको छोराको बाटो रोक्नुपनि त भएन । भारी मनले विदा दिईन ।

जाने बेला एउटै कुरा भनिनउसकाहातकाऔंला समाउँदै..बावु यि औंला धेरै खियाउनु छ, राम्रोसँग पढ्नु । हुन्छ आमा… अब धेरै पढेर जागिर खाएर तिमिलाई भेट्न आउँछु । बस है… मलाई सम्झेर रोइ नराख्नु भन्दै उ हिड्यो ।

आमाको अनुहारमा उज्यालो र खुशीखोज्न हिंडेको उ आफ्नै खुट्टाले हिडेर आएन । चुपचाप बन्द बाकसमा सुतेर आयो । मलेसियावाट ट्याग सहितआएको थियो कफिन..।
सबैभन्दा पहिले कसैले त्यहि ट्याग उप्कायो… त्यसपछि निलो कपडाको बाहिरवाट बेरिएको प्लास्टिक च्यात्यो । आकाशे निलो रंगको कपडामा बेरिएको थियो कफिन ।निलो कपडा…निलो रंग….शान्तिको रंग…।ओहो.. तर कस्तो अशान्तआमाको मन…।

कपडा झिकियो र खोलियो कफिन… आमाको शरिरमाकुनै हलचल छैन । खुट्टा तिरको भागमा केहि कागज पत्र थिए.. कसैले निकाल्यो । खुट्टाको छेउमा लेदरको कालो ज्याकेट राखिएको थियो । जाने बेलामाउसले लगाएको थियो त्यो ज्याकेट… एयरपोर्टमा उसलाई आँखाभरी आँशु पारेर ग्म्लाङ्ग अंगालो हाल्दा उ आमाको अंगालोमा त्यहि ज्याकेट सहित बेरिएको थियो । तर आज त्यो ज्याकेट उसको शरिरमा थिएन ।

पढ्नलाई शहर झरेको उसले धेरै पढ्यो तर पढाई सकेपछि आमा पाल्ने सपना पुरा गर्ने पैसा कमाउन सकेन । झोलाभरी प्रमाणपत्र राखेर उसले धेरै जुत्ताखियायो । धेरै अफिस धायो… धेरैलाई भेट्यो… रोजगारीको भाषण गर्ने आफ्नै गाउँको नेतालाई पनि भेट्यो तर अंह… उसको रोजगार सपना पुरा भएन ।

आमा बुढी हुंदै गएकीथिईन उसलाई सबै व्यवस्था छिटो गर्नु थियो । समय घर्कीरहेको थियो तर उसको सपना पुरा गर्ने पैसा उसँगथिएन । अहँ केहि सीप लागेन..अनि त उसले निर्णय गरेको थियो मलेसियाजाने ।

आमाले त नजाउ बाबु भनेकी थिईन । तर जति गर्दा पनि नेपालमा सुनिश्चित भविश्य पाउन उसलाई गाह्रो पर्यो ।

आमा दुई छाक कै लागिनङग्राखियाईरहेकीछिन् । के त्यसो भएउसको पुस्ता पनि दुई छाक कै लागि नङग्रा खियाएर जाने भयो ।अंह यस्तो हुन सक्दैन… । उसले मनमनै निश्चय गर्यो ।

उभित्र देशभक्तिवा राष्ट्रवाद जाग्नन खोजेको होइन । तर उजाडिएको छाना… बाँझो खेतबारी, भोको पेट अनि… आमा काखिएका नङग्राले राष्ट्रवाद जाग्नदिंदो रहेनछ ।

धेरै नभएपनि बिहान बेलुकाखान… एउटा पानी नचुहिने घर जोहो गर्न र भविश्य सुनिश्चित गर्न उसले विदेश जाने निर्णय गर्यो ।

कफिन भित्र शरिरमा बेरिएको सेतो कपडाले अनुहार अझै छोपिरहेको थियो । रुदिननी… भनेर उभिएकी आमा हेरेको हेरै भईन… छोराको लास…आँखामा आँशु छैन.. मुखमा बाक्य छैन… न रुवाई नै छ । निश्चल मुर्ति जस्ती उभिएकी छिन् उनी । सबै शान्त उनी सँगै ।

एकै पटक बिजुली चम्किए जस्तो स्फुर्ति आयो उनको शरिरमा… समातेर उभिएकालाई झट्कार्दै घुँडा टेकेर कफिन सँगै बसिन… कसैले सम्हाल्न खोज्यो तर उनले कुनै हर्कत देखाईनन… शान्त भईन…।

पहिला छोराको हातका औंला समातिन… हो लेख्न प्रयोग हुने चोरी औंला… हातभरी ठेलाथिए… तर पसीना थिएन । हातको रंग निलो थियो.. तर त्यसमा शान्ति थिएन… ज्यान पनि थिएन ।
गयौं…? हात मुर्सादै उनले भनेको यत्ति बुझियो… खुब पाल्छु भन्थ्यौ… पालिहाल्यौं नी…. आफ्नै हातले टाउकोमा दुईपटक ठोकिन… अनुहार हेर्न खोजिन…।

विस्तारै कपडा उघारिन.. मृत छोराको अनुहार उनैतिर फर्किएको थियो… तर उनलाई हेरिरहेको थिएन… बोलिरहेको थिएन । लामा कपाल सुम्सुम्याईन…. र भनिन यत्तिका लागि सबै कुरा छिटो छिटो भनेका थियौं… छिटो जान खोजेका रहेछौ….। जान पनि हतारो ?

उता कोही अनुहार हेर्न नसकेर ढल्यो.. कसैले पानी छम्किन थाल्यो ।
तर आमा.., आमा त छोराको अनुहार हेरिरहेकी थिइन । अनुहारमा कुनै भावनल्याई… नरोई… मात्र बोली रहेकी थिइन । तर के बोली रहेकीथिईन… त्यो कि त उनले बुझ्दथिन कि त उनकै मृत छोराको आत्माले ।

लामो सास फेरिन र उनले आकाशमा हेरिन… चिताको धुँवा आकाशमा माथि माथि उडिरहेको थियो र आकाशको निलो रंगमा बिलाईरहेको थियो ।
तर त्यो निलो रंगले पनि उनलाई शान्ति दिएन….. मात्र चलिरहेका ओठमा यत्ति शब्द बुझियो… निलो रंगमा बेरिएर कसैका छोरा नआउन अबदेखि… छिटो छिटो भन्थ्यौं छोरा… तर म भन्दा छिटो जाने हतार त नगरेको भए पनि हुन्थ्यो । मृत्यु लाई पनि हतार हतार गरेरआफैले नबोलाएको भए हुन्थ्यो । झुण्डिएर आत्महत्या नगरेको भए हुुन्थ्यो…… छिटो छिटो नगरेको भएहुन्थ्यो…..।

अनुहार भावविहिन…. आँखा आँसुबिहिन….बोली संवादबिहिन…. मन शान्तिबिहिन….. शान्ति ? हो शान्तिबिहिन ।

तर बेचैन मनमा फेरी एकपटक बिजुलीचम्कियो….बल्ल उनले थाहा पाईन हतार गर्ने मेरो छोरा त गईसकेस….। डाँको छाडेर रोइन… रुवाई अड्कियो… घाँटी क्याप्पभयो…. बेहोस भएर ढलिन…. कसैले भन्यो…ए पानी ल्याओ पानी…………।