२१ भाद्र २०८३, आईतवार
,
Latest
कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर… भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक छः सभापति थापा बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट टिपरको ठक्करबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार सामाजिक सञ्जालमाथि नियमनका साथसाथै प्रयोग र प्रभावप्रति संवेदनशील हुनुपर्दछः जनार्दन शर्मा



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले सामाजिक सञ्जाल आजको युगमा केवल सञ्चारको साधन मात्र नभई विचार, अभिव्यक्ति र स्वतन्त्रताको प्रमुख माध्यमका रूपमा स्थापित भइसकेको बताएका छन् ।

सामाजिक सञ्जालले समाजमा सूचना प्रवाह, जनचेतना अभिवृद्धि र नागरिक सहभागितालाई नयाँ उचाइमा पुर्‍याएको उल्लेख गर्दै शर्माले यसको सकारात्मक भूमिकालाई सबैले स्वीकार गर्नुपर्ने बताए ।

सरकारलाई सामाजिक सञ्जालसम्बन्धी नियमनका विषयमा संवेदनशील हुनुपर्नेमा जोड दिँदै आवश्यक नियमनसँगै प्रयोग र यसको प्रभावलाई ध्यानपूर्वक सम्बोधन नगरे समाजमा असन्तुलन सिर्जना हुन सक्ने सम्भावना रहने उनको भनाई छ ।

उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘आजको युगमा सामाजिक सञ्जाल केवल सञ्चारको साधन मात्र नभई विचार, अभिव्यक्ति र स्वतन्त्रताको एक प्रमुख माध्यमका रूपमा स्थापित भइसकेको छ । यसले समाजमा सूचना प्रवाह, जनचेतना अभिवृद्धि र नागरिक सहभागितालाई नयाँ उचाइमा पुर्‍याएको छ । अतः सरकार नियमनका साथसाथै प्रयोग र प्रभावप्रति संवेदनशील हुनुपर्दछ ।’