२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाषा आयोगद्वारा सार्वजनिक सवारी साधनमा देवनागरी लिपि प्रयोग गर्न सरकारको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । भाषा आयोगले सवारी साधनमा प्रयोग हुने विद्युतीय संकेत संख्या (इम्बोस्ड नम्बर) प्लेट अंग्रेजी भाषा र रोमन लिपिमा अनिवार्य जडान गर्नुपर्ने नेपाल सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण गराएको छ ।

आयोगले आज विज्ञप्ति जारी गर्दै नेपाल सरकारले सवारी साधनमा देवनागरी बाहेक अन्य लिपि प्रयोग गर्न दिने निर्णय नेपालको संविधान विपरीत भएको जनाउँदै तत्काल सच्याउन आग्रह गरेको हो ।

संविधानको धारा ७ को उपधारा १ अनुसार सरकारी कामकाजमा देवनागरी लिपिमा लेखिने नेपाली भाषा आधिकारिक भाषा हुने स्पष्ट व्यवस्था रहेको आयोगले स्मरण गराएको छ ।

गत साउन ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले सवारी साधनमा इलेक्ट्रोनिक नम्बर प्लेट लगायतका सहूलियतमा रोमन लिपि प्रयोग गर्न सक्ने निर्णय गरेपछि भाषा आयोगले आपत्ति जनाएको हो ।

आयोगले सो निर्णय संविधानको धारा ७ को मर्म विपरीत भएको भन्दै सच्याउन आग्रह गरेको छ ।

आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले “संविधानले तोकेको दायित्वअनुसार देवनागरी लिपिमै विद्युतीय सहूलियत रहनुपर्छ” भन्ने निष्कर्ष आयोगको बैठकले गरेको जनाएका छन् ।

भाषा आयोगले यस विषयमा सरकारलाई पुनः ध्यानाकर्षण गराउँदै संविधानको पालनामा संवेदनशील हुन आग्रह समेत गरेको छ ।