२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा थप १० जनामा कोरोना संक्रमण, नेपालगंजमा मात्र ९ जना संक्रमित



अ+ अ-

काठमाडौं

बाँकेको नेपालगञ्जमा आइतबार ९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मन्त्रालयमा अायाेजित नियमित पत्रकार सम्मेलनका क्रममा नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको जानकारी दिए ।  संक्रमितमध्ये ५ पुरुष र ४ जना महिला छन्, तथा संक्रमित ७ देखि ५८ वर्ष उमेरका छन् । यसअघि नेपालगञ्जमा एक जनामा संक्रमण पुष्टि भएकाे थियो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । तीमध्ये १६ जना निको भएर घर फर्किएका छन् ।

आइतबार नै पर्साको वीरगन्ज-३ छपकैया एक जना संक्रमित भेटिएका थिए । उनलाई अहिले नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको छ।

निको भएकामध्ये रौतहटका एक युवालाई भने फेरि अस्पताल भर्ना गरिएको छ।