१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्लाहीको जङ्गलमा पासो थाप्दै गरेका तीन जना पक्राउ



अ+ अ-

सर्लाही । सर्लाहीको जङ्गलमा पासो थाप्दै गरेका तीन जना पक्राउ परेका छन । वाग्मती नगरपालिका–१० शङ्करपुरको जङ्गलबाट वन्यजन्तु मार्न पासो थाप्दै गरेका उनीहरू पक्राउ परेका हुन् हो । पक्राउ पर्नेमा वाग्मती नगरपालिका–४ का चन्द्रबहादुर ब्लोन,  नगरपालिका–२ का सन्देश मोक्तान र त्यही वडाका भीमबहादुर डिमडुम रहेका छन् । आइतबार दिउँसो जङ्गली वन्यजन्तु मार्न पासो थाप्दै गरेको अवस्थामा सव डिभिजन वन कार्यालय मूर्तियाबाट खटिएको सशस्त्र वन रक्षकको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । 

वन रक्षक टोलीलाई देखेर अन्य शिकारी भागेका छन् । सशस्त्र वन रक्षक टोलीले घटनास्थलबाट ठूलो परिमाणमा वन्यजन्तु मार्न प्रयोग गरिने पासो र बा ७० प ३५७८ नम्बरको पल्सर मोटरसाइकल बरामद गरेको छ । पक्राउ परेका तीनै जनालाई सव डिभिजन वन कार्यालय मूर्तियामा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ ।

लकडाउनको समयमा सर्लाहीको जङ्गलमा वन्यजन्तुको चोरी शिकार गर्ने क्रम बढेको स्थानीयवासीले जनाएका छन् । केही दिनअघि मात्र वन्यजन्तु मार्न हानेको भरुवा बन्दुकको गोली लागेर मूर्तिया जङ्गलमा दुई जना घाइते भएका थिए ।