२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रेन्टफोर्डका विसालाई न्यूक्यासलले ५५ मिलियन पाउण्डमा भित्र्यायो



अ+ अ-

काठमाडौँ । न्यूक्यासलले ब्रेन्टफोर्डका फरवार्ड योआने विसालाई ५५ मिलियन पाउण्डमा अनुबन्ध गर्ने सम्झौता गरेको छ । सम्झौतामा प्रारम्भिक ५० मिलियन र ५ मिलियन ‘एड–अन’ समावेश छ ।

२८ वर्षीय डीआर कङ्गोका अन्तर्राष्ट्रिय खेलाडी विसा अन्तिम प्रक्रिया पूरा गर्न न्यूक्यासलतर्फ प्रस्थान गरेका छन् । यसअघि ब्रेन्टफोर्डले न्यूक्यासलका दुई प्रस्ताव अस्वीकार गरेको थियो ।

विस्साले आइतबार सार्वजनिक विज्ञप्ति जारी गर्दै क्लब छाड्न चाहेको स्पष्ट गरेका थिए ।

यसअघि मात्र लिभरपुलले न्यूक्यासलका स्ट्राइकर एलेक्जान्डर इसाकलाई ब्रिटिश रेकर्ड १२५ मिलियनमा अनुबन्ध गरेको थियो ।

यो ट्रान्सफर विन्डोमा ब्रेन्टफोर्डले ब्रायन म्बुएमो (६५ मिलियनमा म्यानचेस्टर युनाइटेड), मार्क फ्लेक्केन (८ मिलियनमा बायर लेभरकुसेन) र क्रिस्टियन नोरगार्ड (१५ मिलियनमा आर्सनललाई बेचेको छ ।