काठमाडौँ । न्यूक्यासलले ब्रेन्टफोर्डका फरवार्ड योआने विसालाई ५५ मिलियन पाउण्डमा अनुबन्ध गर्ने सम्झौता गरेको छ । सम्झौतामा प्रारम्भिक ५० मिलियन र ५ मिलियन ‘एड–अन’ समावेश छ ।
२८ वर्षीय डीआर कङ्गोका अन्तर्राष्ट्रिय खेलाडी विसा अन्तिम प्रक्रिया पूरा गर्न न्यूक्यासलतर्फ प्रस्थान गरेका छन् । यसअघि ब्रेन्टफोर्डले न्यूक्यासलका दुई प्रस्ताव अस्वीकार गरेको थियो ।
विस्साले आइतबार सार्वजनिक विज्ञप्ति जारी गर्दै क्लब छाड्न चाहेको स्पष्ट गरेका थिए ।
यसअघि मात्र लिभरपुलले न्यूक्यासलका स्ट्राइकर एलेक्जान्डर इसाकलाई ब्रिटिश रेकर्ड १२५ मिलियनमा अनुबन्ध गरेको थियो ।
यो ट्रान्सफर विन्डोमा ब्रेन्टफोर्डले ब्रायन म्बुएमो (६५ मिलियनमा म्यानचेस्टर युनाइटेड), मार्क फ्लेक्केन (८ मिलियनमा बायर लेभरकुसेन) र क्रिस्टियन नोरगार्ड (१५ मिलियनमा आर्सनललाई बेचेको छ ।










