३१ भाद्र २०८३, बुधबार
,
Latest
बाढीपहिरोको उद्धार र पुनर्निर्माण अनुगमन गर्न एक हप्ताभित्र संसदीय विशेष समिति गठन हुने विपद्का विषयमा प्रधानमन्त्रीले दल र विज्ञसँग संवाद गरी राष्ट्रिय धारणा बनाउनुपर्छ : माधव नेपाल विपद् व्यवस्थापनमा सिंहदरबारको हस्तक्षेप घटाएर स्थानीय तहलाई अधिकार दिनुपर्छः अध्यक्ष राउत स्वास्थ्य बीमा प्रभावकारी नहुँदा सर्वसाधारणले हैरानी खेप्नुपरेको सांसद शर्माको आरोप ईभी दुर्घटना बढेको भन्दै ‘ईभी सेफ्टी एजुकेसन’ कार्यक्रम सञ्चालन गर्न सांसद बमको माग दैनिक उपभोग्य वस्तुमा भइरहेको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकार गम्भीर होस्ः सांसद केसी बागलुङको अर्बाउदीका घरघरमा शुद्ध खानेपानीका धारा गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण ट्रक र हायस ठोक्किँदा १७ जना घाइते चाडपर्वमा व्यवसायीलाई बजार अनुशासन गर्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीलाई शिल गर्नुपर्ने उपत्यकाका मेयरहरुको माग



अ+ अ-

काठमाडौं । राजधानीमा कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गएको भन्दै उपत्यकाका मेयरहरूले उपत्यकालाई शिल गर्न आग्रह गरेका छन् । सोमबार काठमाडौं, भक्तपुर र ललितपुरका मेयरहरुले उपप्रधानमन्त्रीसमेत रहेका कोभिड १९ नियन्त्रण एवं रोकथाम उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलाई भेटेर यस्तो आग्रह गरेका हुन् ।

काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन, भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले बाहिरबाट मानिसहरूलाई उपत्यका भित्र आउन बन्द गर्नु पर्ने माग गर्दै लकडाउन खुकुलो बनाउन नहुने तर्क गरेका हुन् । उपत्यकामा लकडाउन कडा बनाउन माग गरेका मेयरहरुसँगै सांसदद्वय कृष्णगोपाल श्रेष्ठ र जीवनराम श्रेष्ठ पनि उपस्थित थिए ।

चैतै ११ गतेबाट गरिएको लकडाउन वैशाख २५ गतेदेखि सकिँदैछ। लकडाउन खुकुलो बनाउनुपर्छ भन्ने आवाज उठीरहेका बेला मेयरहरुले भने थप कडा बनाउन माग गरेका हुन् । मेयरहरुले उपत्यकाभित्र आन्तरिक आउजाउमात्रै गर्न दिँदा राम्रो हुने भन्दै बाहिरी जिल्लाका मानिस आउन दिने र यताबाट पनि बाहिर मानिस जान दिन नहुने बताएका हुन् ।

उपत्यकामा लकडाउन खुकुलो गरियो भने उपत्यकाभित्र कोरोना संक्रमण फैलन सक्ने मेयरहरूको भनाइ थियो।




भर्खरै