१ आश्विन २०८३, बिहीबार
,
Latest
समुद्री पारिस्थितिक प्रणाली संरक्षण विश्वव्यापी दायित्व : मन्त्री गौतम विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा बदल्ने सरकारको योजना, इटहरीमा सात दिने सीप तथा रोजगार मेला भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य बीमा प्रभावकारी नहुँदा सर्वसाधारणले हैरानी खेप्नुपरेको सांसद शर्माको आरोप



अ+ अ-

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सांसद बलावती शर्माले सरकारले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनाउन नसक्दा सर्वसाधारण नागरिकले उपचारका लागि अस्पतालमा लामो समय लाइन बस्नुपर्ने र हैरानी खेप्नुपरेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद शर्माले आधारभूत स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

उहाँले ७ सय रुपैयाँको अभावमा बबिता पासवाङले अस्पतालको गेटबाहिर बच्चा जन्माउनुपरेको घटनालाई स्वास्थ्य सेवा प्रणालीको गम्भीर कमजोरीका रूपमा लिनुपर्ने बताउनुभयो । संविधानको धारा ३८ ले प्रजनन स्वास्थ्यको हक सुनिश्चित गरेको तथा सुरक्षित मातृत्व ऐन, २०७५ ले आकस्मिक प्रसूति सेवा अनिवार्य गरेको उल्लेख गर्दै उहाँले कानुनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद शर्माले भन्नुभयो, ‘सरकारले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी नबनाउँदा सर्वसाधारण नागरिकले अस्पतालमा उपचार नपाएर लामबन्दी र हैरानी खेप्नुपरेको छ । त्यसको पछिल्लो उदाहरण बबिता पासवाङ हुन् ।’

उहाँले गरिब नागरिकले समेत सहज रूपमा स्वास्थ्य सेवा पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिँदै रास्वपाको नेतृत्वमा रहेको सरकारप्रति प्रश्न उठाउनुभयो ।

‘के रास्वपा सरकारमा गरिबले बच्चा जन्माउन सडकमा जानुपर्ने हो ? ७ सय रुपैयाँ नहुँदा अस्पतालको गेटबाहिर बच्चा जन्माउनुपर्ने विडम्बनापूर्ण स्थिति निकै दुःखदायी र देशकै लागि लज्जाजनक स्थिति होइन र ?’ उहाँले प्रश्न गर्नुभयो ।

त्यस्तै, सांसद शर्माले भारतमा सम्पन्न ब्रिक्स सम्मेलनमा नेपाललाई निम्तो नदिइएको विषयमा पनि सरकारसँग जवाफ माग गर्नुभयो । छिमेकी मुलुकमा भएको महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल सहभागी हुन नपाउनुको कारणबारे सदनलाई जानकारी गराउन उहाँले माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सभामुखमार्फत म सोध्न चाहन्छु– छिमेकमै भएको ब्रिक्स सम्मेलनको निम्तोबाट नेपाल किन छुट्यो ? के यो सरकारको परराष्ट्र नीति र कूटनीतिको असफलता होइन र ?’

सांसद शर्माले ‘ग्रे जोन’ पत्रिकामा प्रकाशित सामग्रीको वास्तविकताबारे समेत सरकारको ध्यानाकर्षण गराउँदै त्यसबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो ।




भर्खरै