२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अलैँची उत्पादन बढाउन किसानलाई सहयोग गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता



अ+ अ-

झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अलैँचीको उत्पादकत्व वृद्धि र व्यवसाय प्रवर्द्धनमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

आज नेपाल अलैँची व्यवसायी महासङ्घको विर्तामोडमा आयोजित पाँचौँ महाधिवेशनमा उहाँले अलैँचीको नर्सरीदेखि बजार प्रवद्र्धनसम्म सरकारबाट सहयोग हुने बताउनुभयो । उहाँले अलैँचीको उत्पादन र निकासी बढाउन नीतिगत रुपमा प्रदेश सरकारले निर्णय गरी स्रोतसाधान उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले साना तथा मझौला व्यवसायको प्रवर्द्धन र उद्यमशीलताको विकासका लागि स्वीस सरकारसँगको सहयोगमा प्रदेश सरकारले ‘उदय’ परियोजना सुरु गरेको बताउँदै भन्नुभयो, “रु ३० लाखदेखि तीन करोडसम्म साना तथा मझौला उद्योगमा लगानी गर्दैछौँ ।”

उहाँले अलैँची, चिया, बाँस दुग्ध पदार्थलगायतका क्षेत्रमा उत्पादन र बजार बढाएमा कोशी प्रदेश समृद्धि यात्रामा तीव्र गतिमा अघि बढ्ने धारणा व्यक्त गर्नुभयो । उहाँले चियाको कार्यालय काठमाडौँबाट उत्पादन क्षेत्रमा आउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

संस्थाका अध्यक्ष निर्मला भट्टराईले वार्षिक रु सातदेखि रु १० अर्बको अलैँची निर्यात भइरहेको जानकारी दिँदै भोजपुर र सङ्खुवासभालाई समेटेर अलैँची ‘सुपरजोन’ स्थापना गर्न सरकारसँग आग्रह गर्नुभयो ।

महाधिवेशनमा १६ जिल्लाका प्रतिनिधि सहभागी छन् । त्यस अवसरमा उत्कृष्ट निर्यातकर्ता, उत्कृष्ट किसान र कर्मचारीलाई पुरस्कार प्रदान गरिएको थियो ।