१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ? News Polar दशौं राष्ट्रिय खेलकुद सर्दैन, ढुक्क हुनुस् : मन्त्री पोखरेल News Polar कांग्रेस हल्लाले होइन, त्याग र संघर्षले स्थापित भएको हो : राई News Polar भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको लामो इतिहास छ : अध्यक्ष खड्गे News Polar राजनीतिलाई पद प्राप्त गर्ने माध्यम होइन, राष्ट्रप्रतिको जिम्मेवारीका रूपमा बुझ्नुपर्छ : भण्डारी News Polar विदेशी राजनीतिक दल र नेताबाट कांग्रेस महाधिवेशनलाई शुभकामना News Polar स्थानीय तहमै पुगेर युवालाई रोजगारीसँग जोड्दै सीप तथा रोजगार मेला News Polar दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न News Polar बेत्रावतीको बेलीब्रिज दसैँअघि सञ्चालनमा आउने News Polar घिमिरेको प्रश्न– ‘अन्तिम पंक्तिमा उभिएको नागरिकको जीवन बदल्न सक्यौँ त ?’ News Polar काँग्रेसको १५ औँ महाधिवेशन केवल पद बाँडफाँटका लागि होइन, आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छः उपसभापति भुसाल News Polar कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि लामिछाने News Polar दसैँ नजिकिएसँगै काठमाडाैँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल News Polar आदिवासी जनजाति क्लस्टरबाट केन्द्रीय सदस्यमा विजय सम्बाहाम्फेको उम्मेदवारी News Polar कांग्रेसको १५औँ महाधिवेशनमा खुलामञ्च भरिभराउ, शीर्ष नेताको उपस्थिति News Polar तनहुँमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन प्रचण्ड खुलामञ्च पुगे News Polar कांग्रेस सभापति थापाको राजनीतिक प्रतिवेदन : सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव News Polar ‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’

एमाले सांसद सूर्य थापाको तीखो टिप्पणी– पार्टी बाहिरकालाई के को सखसख ?

एमाले सांसद सूर्य थापाको तीखो टिप्पणी– पार्टी बाहिरकालाई के को सखसख ?
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले पार्टी बाहिरका व्यक्तिले नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओलीप्रति देखाएको चासोलाई अनावश्यक भन्दै टिप्पणी नगर्न सुझाव दिएका छन् ।

थापाले आज सामाजिक सञ्जालमा निकै लामो स्टाटस लेख्दै नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहदेखि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसम्मको टिप्पणी गरेका हुन् ।

उनले आफ्नो पार्टी र समूह भताभुंग भइसक्दा पनि एमाले र अध्यक्ष ओलीको आलोचना गरिरहनु उचित नभएको बताएका छन् ।

सांसद थापाले सामाजिक सञ्जालमा लेखेका छन्–

पार्टी बाहिरका अरूलाई केको सखसख र चिन्ता होला यस्तो ?

१. नेकपा (मसाल)का आजिवन महामन्त्री ९१ बर्षीय मोहनविक्रम सिंहलाई आफ्नो पार्टी सुकेनास लागेर विसर्जनजस्तै भएकोमा कुनै चिन्ता र ग्लानीबोध छैन। उहाँको जिविका र प्राण केपी शर्मा ओलीको निन्दा र विरोध गर्नुमा सीमित भएको छ। ५२ बर्षदेखि महामन्त्री पद ओगटेर बस्दा नपुगेका उहाँलाई लाग्छ( मैले छाडे भनें देशको कम्युनिस्ट आन्दोलन अप्ठेरोमा पर्छ, अनि म, चित्रबहादुर र दुर्गाले यो मठ कदापि छाड्नुहुँदैन। उहाँले अभियान नै थालेको देखिएको छ- ११ बर्षदेखि एमालेको अध्यक्ष रहनुभएका केपी शर्मा ओली अधिनायकवादी भएकाले उहाँले चाहिं पद अविलम्ब छाड्नुपर्छ ! किनभने मैले श्रीमतीलाई सांसद र मन्त्री बनाउन नपाएको ओलीले नमानेर नै हो !

मैले प्युठानका एकजना अग्रजलाई यसो भन्न गा-हो भएको छ, तैपनि तथ्य यही हो र यहाँभन्दा पाखण्डीपन त अरू केही हुनसक्दैन। जबकि एमालेको अध्यक्ष हामी एमालेले नै बनाउने हो र बनाउँछौं। यो पार्टी चौथो महाधिवेशन समूह र मोहनविक्रमका पारिवारिक स्वार्थ, गलत नीति, विचार र व्यवहारसँग लडेर नै यहाँसम्म आएको हेक्का उहाँले राख्नुपर्छ।

२. पुष्पकमल दाहाल प्रचण्ड २०४५ सालयता अर्थात ३७ बर्षदेखि पार्टी प्रमुख हुनुहुन्छ । उहाँले भर्खरै गहिरो चिन्ता जाहेर गर्नुभयो कि कतै ुमैले छाड्ने हो भने यो पार्टी, आन्दोलन र देश गर्ल्यामगुर्लुम भइहाल्ने हो कि ? त्यसैले छोड्न मनले मानेको छैन ! खासमा उहाँको पार्टी बाँकी छैन, पार्टीबेगरको नाटक मात्रै अनेक गरिरहनु भएको छ।उहाँलाई मन पिरो हुँदै आएको एउटा भयानक पीडा छ कि अरू सबलाई सकें, तर केपी ओलीलाई सकिनँ। १९ बुँदाको आरोपपत्र होस वा अग्नि सापकोटामार्फत गैरकानुनी रूपमा संसदीय दल र पार्टी विभाजन गराएर होस अथवा निर्वाचनमा एमालेविरोधी मोर्चाबन्दी गरेर पनि त सकिनँ ! पहिले नै नन्दबहादुर पुनलाई पार्टीमा फर्काएर एमालेभित्र चलखेल गर्ने आधार बनाइदिएको छुु उहाँले भर्खरै विराटनगर एयरपोर्टमा गजक्क मुद्रामा सार्वजनिक गरिसकेको तथ्य हो। खासमा उहाँको कृपामा न एमाले बनेको हो न त कहिल्यै बलियो भएको हो र हुन्छ नै ! आफैले नेतृत्व गरेको समूह त २७ टुक्रा भइसक्दासम्म नेतृत्व छाडेर कम्तिमा बाँचुन्जेलसम्म अरूलाई दिन उहाँ किमार्थ तयार हुनुहुन्न १ उल्टै एमालेभित्र उखरमाउलो सिर्जना गर्ने, सके कब्जा गर्ने, नसके ओलीबाहेकको एमाले बनाउन जोड लगा भैरेुको शैलीमा उहाँले जोडबल गरिरहेकै हुनुहुन्छ, तर सक्नुहुन्न।

३. माधवकुमार नेपाल एस समुहका अध्यक्ष हुनुहुन्छ। यो आफैमा पार्टी होइन, एउटा शिखण्डी गुट र एमालेविरोधी तुरूप मात्रै हो। १६ बर्षसम्म एमालेको नेतृत्व गरिसक्दा उहाँको नेतृत्वमा पार्टीले शर्मनाक पराजय भोगेर तेस्रो हालत बनेपछि त्यतिबेला नैतिकता जागेर राजिनामा दिनुपरेको थियो। अहिले पतञ्जली जग्गा प्रकरणमा संलग्न भनिकन उहाँविरूद्द अख्तियारले मुद्दा दायर गरेपछि सांसदबाट निलम्बनमा पर्नुभएको छ। तर पाँच बर्षदेखि तुरूपको एक्का रहनुभएका उहाँले भ्रष्टाचारको मुद्दा लाग्दा पनि निर्लज्जतापूर्वक त्यस तुरूपको नेतृत्वचाहिं छाड्नुभएको छैन, बरू सम्मानित नेता झलनाथ खनाललाई पार्टी छाडेर हिड्नु भन्दै ध्वाँस दिइरहेको पो देखिन्छ। जम्मा मिलाउँदा २१ बर्ष पार्टी र तुरूपको प्रमुख भएर पनि नपुगी उहाँ एमालेभित्र सकीनसकी खेल्न खोजिरहेको देखिन्छ। रिसको उन्मादमा आफैले समाप्त पार्न लागेर नसकेको पार्टीको उहाँले किन यस्तो चिन्ता गरेको होला रु बरू आफ्नाविरूद्द ललिता निवास, धोवीखोला, हाँडीगाउँ, इटहरा र पतञ्जली जग्गा प्रकरणमा भोगिरहेका र भोग्नुपर्ने भ्रष्टाचार प्रकरणका मुद्दा राम्रोसँग खेप्न ध्यान लगाए हुन्थ्यो नि १ एमालेको नेतृत्वमा कसलाई ल्याउँदा यो पार्टी बलियो हुन्छ भन्ने चिन्ता हामीले गरिरहेका छौं र गर्छौं। अरूको भोक(निद्रा नै हराम हुन त केही जरूरी छैन।

४. आज देशमा रास्वपा छ, रास्वपा छैनको हालत बनेको छ। एउटा निकृष्ट गालीगलोज र चरित्रहत्याको बलमा मात्रै टिकेको अराजनीतिक र अवसरवादीहरूको यस पथभ्रष्ट समुहलाई संविधान, कानुन, संसद, अदालत कसैको केही मतलब छैन।बाँचुञ्जेल र मरणोपरान्त पनि मुद्दा लागेका अभियुक्त व्यक्तिलाई सभापति मान्छौं, कसले के गर्छ रु भनेर होलसेल सहकारी ठगीमा सति जान बाटो लागेको यस समुहका प्रवक्ताले केही दिन अघि पूर्व राष्ट्रपति महोदयलाई भेटेर सार्वजनिक गरेका आफ्ना मनोगत भँडासयुक्त धारणाले त थुन्सेभित्र के छ भन्ने पनि प्रष्ट भएको छ। रवि लामिछानेप्रति सद्भाव छ, उहाँलाई राजनीतिकरण गरेर दुस्ख दिइएको छ र विधान महाधिवेशन हेरेपछि भिन्न बाटो लिन पनि तयार छुु जस्ता कुरा पूर्व राष्ट्रपति महोदयले होइन, सक्रिय अभियन्ता पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले भनेको भनेरचाहिं पत्याउन सकिन्थ्यो१ यो घण्टी ग्याङ पनि केपी शर्मा ओलीलाई राजनीतिक र हरहिसाबले समाप्त गर्न पाए हुन्थ्यो भन्ने दुषित मनशायमा नै रहेको तथ्य भंगाल भेटघाटपछि झन् उदाङ्गो भएको छ। तर झिंगाको श्रापले डिंगालाई केही हुँदैन !

५. पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी महोदयले बालेन साह, मनिष झा, नारायणकाजी श्रेष्ठ, शेखर कोइरालाआदि व्यक्ति र प्रवृत्ति लगयतसँग यसबीचमा गर्नुभएका भेटघाटहरू किसिमकिसिमका लागिरहेका छन्। उहाँ पार्टी सदस्यको टुंगो नै नलागेका बखत हतारिंदै अब म पार्टी अध्यक्ष नै हुने हो भनेर इमेज टेलिभिजनमा अन्तर्वार्ता दिनुभएपछि, पार्टी केन्द्रीय कमिटीको बैठक चलिरहँदा भंगाल निवासमा पत्रकार बोलाई माझकिराँतकी छोरी हुँ भनेर टकरावको सन्देश दिनुभएपछि र त्ययताका गतिविधिबाट मनमा धेरै प्रश्न र जिज्ञासाहरू उठिरहेका छन्। उहाँको भंगाल निवासमै अरू सांसद साथीहरूसहित पुग्दा मैले व्यक्तिगतरूपमा विवाद गरेर पार्टीको नेतृत्वमा आउनुहुँदैन,पार्टी र राष्ट्रिय आवश्यकताको परिवेशमा त पार्टीले अनुरोध र आग्रह नै गर्ने अवस्था बन्नेछ भन्दा उहाँले तपाईंहरूको पार्टीमा म विवाद चर्काउन आउन्नँ, ढुक्क हुनुहोला भन्नुभएको थियो। किन त्यसो भन्नुभएको थियो, मैले त्यतिबेला बुझिनँ, तर पनि म त्यस भनाइमै दृढरूपमा विश्वस्त रहेको छु ।

उहाँको हकमा केन्द्रीय कमिटीको नवौं बैठकले एउटा निर्णय गरिसकेको छ, पार्टीको संस्थागत त्यसै निर्णयलाई हरेक नेता,कार्यकर्ता र सदस्यले परिपालन गर्नुपर्दछ। यसमा अब तर, किन्तु, परन्तु, तथापि, यद्यपि… केही गर्न र हुनसक्दैन। असहमति राख्ने नेताहरूले सार्वजनिक खपतका लागि नभएर आन्तरिक प्रयोग र संस्थागत प्रयोजनका लागि राखेर त्यसको मर्यादा पालना गर्नु आवश्यक हुन्छ। र, पूर्व राष्ट्रपति महोदयले पनि आफूले जीवन समर्पण गरेको पार्टीको यस संस्थागत प्रक्रियालाई शिरोपर गर्नु उचित हुन्छ। उहाँको अपमान हुने गरी एमालेजन कसैले केही बोल्नु वा लेख्नु अथवा गतिविधि गर्नु पार्टी निर्णयविपरित हो ।

उहाँले अध्यक्ष केपी शर्मा ओली र पार्टी सचिवालय तहका नेताहरूलाई कन्भिन्स गर्न र आफ्नो कुरा मनाउन नै सकेको कोसिश गरेको राम्रो हुन्थ्यो र हुन्छ। मिडियाले उहाँलाई न राष्ट्रपति बनाएको थियो, न त अध्यक्ष नै बनाउने हो ! पाठक र दर्शक बढाउन मात्रै अहोरात्र कुँदिराखेको नेपाली मिडियाको एउटा घुमन्ते तप्काले आज पनि केही बनाउने होइन, बरू बिगार्ने मात्रै काम गरिरहेको छ र गर्छ भन्ने तथ्य हेक्का राख्नु उपयुक्त हुन्छ ।

अन्त्यमा, एमाले भनेको नेपाल राष्ट्र र नेपाली जनताको पार्टी हो। यो मोहनविक्रम, प्रचण्ड, माधवकुमार, मनिष, बालेन र शेखरका इच्छा, सुझाव, हित र आकांक्षामा होइन, एमालेका तमाम आठ लाख पार्टी सदस्य र २८ लाख मतदाताको हित, आकांक्षा र निर्णयमा चल्छ। अरू कसैको सजिलोका लागि वा तिनलाई सजिलो पार्न होइन, यस पार्टीको बृहत्तर हित गरेर चल्नसक्ने बलियो नेतृत्व निर्माण गरेर अघि बढ्नु आजको हाम्रो विशेष कार्यभार रहेको छ। यसलाई पूरा गर्दा नै पार्टीपंक्ति एकताबद्ध भएर अघि बढ्छ र बढ्नु अपरिहार्य पनि छ।