२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्भर डाउन हुँदा सामाजिक सुरक्षा पाइरहेका नागरिकले बायोमेट्रिक प्रक्रियामा दुःख पाइरहेका छन्, सरकारले समस्या हल गरोस्ः सांसद गैरे



अ+ अ-

काठमाडौ । नेकपा (एमाले)का सांसद ठाकुर गैरेले देशभरका वडा कार्यालयहरुमा जेष्ठ नागरिक तथा सामाजिक सुरक्षा भत्ता पाउँदै आएका नागरिकले बायोमेट्रिक प्रक्रियामा दुःख पाइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उहाँले सरकारले प्रयोग गर्दै आएको सर्भर डाउन हुने समस्याका कारण आम नागरिकले दुःख पाइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले सरकारले प्रयोग गरेको सर्भर क्षमता र गुणस्तरमै प्रश्न उठिरहेको उल्लेख गर्दै यसको समाधानका लागि आवश्यक कदम चाल्न उहाँले माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिदे देशभरीका सबै वडा पालिकाहरुमा यो ज्येष्ठ नागरिकहरु र सामाजिक सुरक्षा भत्ता पाइराख्नुभएका नागरिकहरु बायोमेट्रिक गर्न वडा कार्यालयहरुमा धाइराख्नुभएको छ । म यसबीचमा धेरै वडाहरुको भ्रमण गर्न जाँदा वडा कार्यालयहरु अशक्त जेष्ठ नागरिकहरु भरिभराउ अवस्थामा हुनुहुन्छ । दुई तीन दिनसम्म पनि काम भएन । किन यस्तो समस्या भयो भन्दाखेरी यसको उत्तर एउटै छ–सर्भर डाउन भयो । नेपाल सरकारले गरिद गरेको सर्भरको क्षमता कम भएर हो वा गुणस्तरीय भएर हो ? नभए यस्तो किन भइरहेको छ ? यसको समाधानको निम्ति किन पहल भइरहेको छैन । र त्यस्ता जेष्ठ नागरिक र असशक्तहरुलाई घरमै गएर सेवा प्रदान गर्न किन सकिदैन भन्नेतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । र सर्भर समस्याको समाधान तत्काल खोज्न समेत माग गर्न चाहन्छु ।’

सांसद गैरेले अशक्त र ज्येष्ठ नागरिकलाई घरमै पुगेर सेवा प्रदान गर्ने व्यवस्था गर्न समेत उहाँले सरकारसँग माग गर्नुभयो ।




भर्खरै