५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

उखु किसानको अनुदान घटाउने निर्णय तत्काल खारेज गर्न सांसदहरुको माग



अ+ अ-

काठमाडौ । राष्ट्रिय सभाका सांसदहरुले उखु किसानको अनुदान घटाउने निर्णय तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् ।

शुक्रवार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै उनीहरुले सो अनुदान पुरानै कायम गरेर तत्काल किसानलाई उपलब्ध गराउन पनि सरकारलाई सचेत गराएका हुन् ।

सभामा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)की सांसद गंगाकुमारी बेल्वासेले उखुमा दिँदै आएको अनुदान सरकारले घटाउने निर्णय गरेको आपत्ति जनाउँदै पुरानै अनुदान उपलब्ध गराउन सरकारलाई दबाब दिनुभयो । उहाँले उखु किसानलाई मारमा पार्ने काम नगर्न पनि सरकारलाई ध्यानाकर्षण गराउनु भयो ।

सांसद बेल्बासेले भन्नुभयो, ‘उखु उत्पादनमा दिँदै आएको अनुदान सरकारले आधा घटाएको छ । सरकारले गत मंसिर उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्वीन्टल ५८५ निर्धारण गरेकोमा अहिले अनुदानको मूल्य आधा घटाएकोमा पहिलाकै अनुदान दिन सरकारलाई अनुरोध गर्दछु ।’

यता सत्तारुढ एमालेका सांसद गोपाल भट्टराई बाढी पहिरोका कारण ठप्प रहेको रसुवागढी नाका र तातोपानी भन्सार तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गर्नुभयो । उहाँले मुस्ताङमा रहेको कोरोला नाकालाई वैकल्पिक नाकाको रुपमा सञ्चालनमा ल्याउन पनि ढिलाई नगर्न सरकारलाई दबाब दिनुभयो । सांसद भट्टराईले भन्नुभयो, ‘बाढी पहिरोका कारण अहिले उत्तरतिरका नाकाहरु तातोपानी नाका, रसुवागढी नाका ठप्प हुँदा धेरै सामान आउने कन्टेनरहरु करिव ४ सयको हाराहारीमा उतै रोकिएका छन भन्ने छ । यसको निम्ति छिटो भन्दा छिटो ती नाकाहरु सञ्चालन गर्न सरकारलाई आग्रह गर्न चाहन्छु । र अर्को मुस्ताङमा रहेको कोरोला नाकालाई पनि अब सञ्चालन गरेर बैकल्पिक रुपमा त्यो नाकालाई समेत सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

एमालेकी सांसद शारदादेवी भट्टले डेंगु, हैजा लगायतका महामारी फैलिन नदिन सरकारले विशेष ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले बाढी पहिरोका कारण महामारी फैलिने भएकाले त्यसलाई रोक्न सरकारले जनचेतनाका कार्यक्रमहरु पनि संचालन गर्नुपर्ने आवश्यक्ता औँल्याउनु भयो । सांसद भङले भन्नुभयो, ‘डेंगुको रोगी धेरै बढेका छन । केही दिनमा महामारी फैलिने डर छ भनेर रेडियो नेपालका समाचार प्रसार गरेको भएपनि कसैले मास्कको प्रयोग र अन्य उपकरणको प्रयोग गरेको देखिदैन । कोरोनाले पनि ४/५ जनाको मृत्यु भएको छ। हैजा पनि बढेको छ । म यस विषयमा अध्यक्षज्यूमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’ 

सांसदहरुले बाढी र पहिरोले धेरै जनधनको क्षति भएकाले पीडितलाई राहत दिने काममा पनि सरकारले तिब्रता दिनुपर्ने बताएका छन् ।